विद्यालयको सामान चोरी, शङ्कास्पद एक व्यक्ति नियन्त्रण
रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–९ स्थित एक विद्यालयको सामान चोरी भएको छ । वडाको हिमालय जनता माध्यमिक विद्यालय नुवाकोटमा सोमबार राति विद्यालयको ताल्चा फोरेर सामान चोरी भएको हो । विद्यालयको ढोकामा लगाएको ताल्चा तोड्फोड गरेर सामान चोरी भएकोे विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जनक विश्वकर्माले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालयको ताल्चा फोरेर एक थान ल्यापटप, ४ थान डेक्सटप, ३ वटा दराज लगायतका सामान चोरी भएको छ । चार लाख रुपैयाँ बराबरको सामान चोरी भएको विद्यालयले जनाएको छ । विद्यालयमा सामान चोरी भएकोे घटना थाहा पाएपछि प्रहरी चौकी नुवाकोटमा खबर गरिएको थियो । प्रहरीले शङ्कास्पद एक व्यक्तिलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
प्रकाशित मिति: मंगलबार, कात्तिक १५, २०७९ १४:५९
प्रतिक्रिया दिनुहोस्