कर्णाली महिला बास्केटबलको फाइनलमा

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिताको थ्री बाई थ्री महिला बास्केटबलमा आयोजक कर्णाली प्रदेशको टोली फाइनलमा पुगेको छ ।

फाइनलमा पुगेसँगै कर्णाली प्रदेशले जारी १०औं राष्ट्रिय खेलकुद प्रतियोगितामा कम्तीमा रजत पदकसमेत पक्का गरेको छ ।

कर्णाली प्रदेशको टोलीले शनिबार सम्पन्न सेमिफाइनल खेलमा बलियो विभागीय टोली एपीएफ क्लबलाई ११–१० अंकले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update