बेल्टापु मेलामा आयोजित भलिबलको उपाधि बाँफिकोट २ लाई

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका वडा नम्बर ३ बेल्टापु मेलामा आयोजित भलिबल प्रतियोगिताको उपाधि बाँफिकोट २ ले जितेको छ।  आइतबार भएको फाइनल खेलमा पुरुषले  बाँफिकोट ३ लाई र महिलाले बागचौर नगरपालिका वडा नम्बर ४ लाई पराजित गरेको थिए ।

विजेता भएको बाँफिकोट २ ले नगद दुई लाख ६५ हजार रुपैयाँको साथमा कप मेडल र प्रमाणपत्र पाएको छ। जसमा दुई लाख १० हजार रुपैयाँ पुरुषले पाएका हुन् भने ५५ हजार रुपैयाँ महिलाले पाएका हुन् ।

यस्तै पुरुष तर्फ दोस्रो भएको बाँफिकोट ३ ले एक लाख ६० हजार तथा तेस्रो भएको मुसिकोट नगरपालिका वडा नम्बर ७ ले ६० हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र पाएको बेलटापु मेला व्यवस्थापन समितिका सचिव धनसिंह बाठा मगरले जानकारी दिनुभयो ।

उहाँका अनुसार महिला भलिबल तर्फ दोस्रो भएको बागचौर नगरपालिका वडा नम्बर ४ सल्यानले २५ र तेस्रो भएको युवा तथा खेलकुद विकास समिति सानीभेरी ५ ले  २० हजार रुपैयाँको साथमा कप मेडल र प्रमाण पत्र पाएका छन् । 

यस्तै विभिन्न विधामा खेलाडी घोषित गरिएको छ। बाँफिकोट २ का गणेश विकलाई वेस्ट प्लेयर, बाँफिकोट २ कै प्रकाश खत्रीलाई वेस्ट सेटर, बाँफिकोट ३ का मानव मल्ललाई वेस्ट सर्भर, बाँफिकोट ३ कै गजेन्द्र मल्ललाई वेस्ट लिब्रो तथा मुसिकोट ७ का मोहन विकलाई  वेस्ट स्पाइकर, घोषित गरिएको छ ।

यस्तै उदयमान खेलाडीका रूपमा बाँफिकोट ३ का प्रवेश मल्ल र वेस्ट टिम कोचको रूपमा बाँफिकोट २ का गोविन्द मल्ललाई घोषित गरिएको छ । यस्तै महिला तर्फ वेस्ट प्लेयर बाँफिकोट २ कि देवी नाथ र उदयमान खेलाडीका रूपमा बागचौर नगरपालिका वडा नम्बर ४ कि कमला वली घोषित हुनुभएको छ । 

यस्तै मेलामा झाँकी सहित आएका सांस्कृतिक समूहलाई पनि नगद सहित सम्मान गरिएको  मेला व्यवस्थापन समितिले जानकारी दिएको छ ।

परम्परा देखि यस क्षेत्रमा ठुलो मेला लाग्दै आएको छ । हरेक वर्ष मेलाको अवसरमा खेलकुद प्रतियोगिता हुने गर्दछन् । यो वर्ष पनि मेलाको अवसरमा मेला व्यवस्थापन समितिका खुला शुद्ध वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको थियो ।

मंसिर १ गते देखि सुरु भएको  भलिबल प्रतियोगिता आइतबार एक कार्यक्रमका बिच समापन गरिएको छ । विभिन्न वडाका पुरुषको १८ र महिलाको ६ टिमले प्रतिस्पर्धा गरेका थिए ।

प्रकाशित मिति: सोमबार, मंसिर ७, २०८३  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update