दसौं राष्ट्रिय खेलकुद: पुलिस र एपिएफ पुरूष फुटबलकाे सेमिफाइनलमा

सुर्खेतमा जारी दसौँ राष्ट्रिय प्रतियोगिताअन्तर्गत पुरुष फुटबलतर्फ नेपाल पुलिस क्लब सेमिफाइनलमा प्रवेश गरेको छ । शनिबार भएको खेलमा पुलिसले गण्डकी प्रदेशलाई १-० गोल अन्तरले पराजित गरेको हो ।

नेपाल पुलिसका तर्फबाट एक मात्र गोल खेलको पहिलो हाफको अतिरिक्त समय अर्थात् ४६औँ मिनेटमा सुजन बलाम्पाकी मगरले गरे ।

गण्डकीलाई पराजित गरेको नेपाल पुलिस सेमिफाइनलमा प्रवेश गरेको छ भने गण्डकी प्रतियोगिताबाट बाहिरिएको छ ।

शनिबार बिहान भएको खेलमा एपीएफ क्लब सेमिफाइनलमा प्रवेश गरिसकेको छ । एपीएफ र सुदूरपश्चिम प्रदेशले २-२ गोलको बराबरी खेले पनि सुदूरपश्चिम प्रतियोगिताबाट बाहिरिएको छ ।

प्रकाशित मिति: शनिबार, मंसिर १२, २०८३  १७:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update