Kakhara सबैको खबर सम्पूर्ण खबर
सकियो लाखे नाच (फोटो फिचर)

रुकुम पश्चिममा परम्परागत लाखे नाच सकिएको छ । भाद्र १५ गतेबाट सुरु भएको नाच आज सकिएको हो । यो नाच हरेक वर्षको जनै पूर्णिमा देखि श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट सम्म चल्ने गर्छ । तर यो वर्ष भने समुदायमा दुःख परेका कारण तीन दिन ढिलो गरी नाच सुरु भएको थियो । 

नाच सुरु भएदेखि श्रीकृष्ण जन्माष्टमीको भोलिपल्टसम्म खलङ्गा, बागबजार, सेरिगाऊ, सल्ले लगायतका बजार क्षेत्रमा हरेक दिन नाच देखाउने गरिन्छ । श्रीकृष्ण सहित राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्र सहित व्यक्तिलाई शृङ्गारेर नचाउने गरिन्छ । 

lakhe-7-1788617819.jpeg
कंसलाई कुखुरा भोग दिएर सुरु हुने लाखे जात्रा श्रीकृष्ण जन्माष्टमीको भोलीपल्ट आज कंसलाई नै मारेर समापन गरिएको लाखे नाच संरक्षण समितिका उपाध्यक्ष केशव नेपालीले जानकारी दिनुभयो । बोकालाई कंस मानेर बलि दिएपछि लाखे नाचको औपचारिक समापन भएको मानिन्छ । जात्राको अन्तिम दिन आज सदरमुकाम खलङ्गाको बराहटाकुरामा मेला लागेको थियो । जात्रा हेर्न गाउँ गाउँबाट मानिसहरू सदरमुकाम पुगेका थिए । 

जात्रा सुरु भएदेखि खलङ्गा सहित अन्य बजार क्षेत्रमा हरेक दिन नाच देखाउने गरिन्छ भने अन्तिम दिन बराहटाकुरामा मेला सहित नाच देखाउँदै लाखे मारेर जात्राको औपचारिक समापन गर्ने गरिन्छ ।

lakhe-1788617815.jpeg
द्वापर युगको अन्त्यतिर वासुदेव र देवकीको आठौँ गर्भबाट विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले कंसलाई मारेको सम्झनामा रुकुम पश्चिममा २०४० साल देखि हरेक वर्ष लाखे जात्रा मनाउँदै आएको लाखे नाच संरक्षण समितिका उपाध्यक्ष नेपालीले बताउनुभयो ।

उहाँका अनुसार भगवान् कृष्णलाई मार्न कंसले बहिनी पूतनालाई प्रयोग गरेको र पूतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर जिल्लामा हरेक वर्ष लाखे नाच्ने परम्परा रही आएको छ ।

lakhe-5-1788617818.jpeg

lakhe-4-1788617817.jpeg

lakhe3-1788617814.jpeg

lakhe-8-1788617816.jpeg

lakhe1-1788617814.jpeg

lakhe-1788617815.jpeg

lakhe-2-1788617816.jpeg

प्रकाशित मिति: शनिबार, भदौ २०, २०८३  २०:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update