Top Navigation
आइतबार, असोज ७, २०८० ०५:११:५०
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०५:११:५०
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #पितिवाङ खेला
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
समाज
  • Home
  • समाज
  • विद्यार्थीले खान पाउँदैनन् दिवा खाजा, रकम अभिभावले बुझ्छन
विद्यार्थीले खान पाउँदैनन् दिवा खाजा, रकम अभिभावले बुझ्छन दिवा खाजा कार्यक्रम संचालन नगरे याे कार्यक्रम वाफत प्राप्त हुने रकम राेक्का गर्ने मुसिकाेट नगरपालिकाकाे चेतावनी ।
बलेन्द्र ओली
बलेन्द्र ओली मंगलबार, माघ १७, २०७९
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका

रुकुम पश्चिमको एक विद्यालयमा दिवा खाजा कार्यक्रम अन्तरर्गत विद्यार्थीलाई आउने रकम अभिभावकले बुझ्ने गरेका छन् । जिल्लाको मुसिकोट नगरपाकिा वडा नम्बर ८ मा रहेको आधारभुत विद्यालय घोरखानीमा विद्यार्थीलाई प्राप्त हुने दिवा खाजाको रकम विद्यार्थीका अभिभावकले बुझ्ने गरेको पाइएको छ । दिवा खाजाका लागि प्रति विद्यार्थी १५ रुपैंया आउने गरेपनि यो विद्यालयमा भने दिवा खाजा खुवाउने कार्यक्रम संचालनमा छैन् । 

विद्यार्थीलाई फरक बार फरक प्रकारको दिवा खाजा खुवाउने कार्यक्रम भएपनि उक्त विद्यालयका विद्यार्थीले विद्यालयमा खाजा खान पाउदैनन् । बरु अभिभावकले वार्षिक रुपमा विद्यार्थीलाई दिवा खाजा अन्तरर्गत प्राप्त हुने रुकम एक मुस्ट बुझ्ने गरेका छन् । विद्यार्थीका अभिभावकहरुले दिवा खाजा बाफतको रुकम आफै बुझ्ने भनेपछि विद्यालय व्यवस्थापन समिति र अभिभावकहरुको निर्णय अनुसार दिवा खाजाको रकम अभिभावकलाई दिने गरिएको प्रध्यानाध्यापक पूर्णबहादुर थापाले बताउनुभयो । 

‘अहिले बालशिक्षा देखि कक्षा ६ सम्म अध्यनरत विद्यार्थीलाई दिनको १५ रुपैयाँका दरले दिवा खाजा रुकम आउँछ, प्राप्त भएको सवै रकम अभिभावकलाई बोलाएर दिने गरेका छौं, प्रअ थापाले भन्नुभयो ।’ मुसीकोट नगरपालिकाले भने दिवा खाजा अन्तरर्गत प्राप्त भएको रकम अभिभावकको लागि नभई विद्यार्थीको वौद्धिक विकास र शारीरिक विकासका लागि भएको बताएको छ । 

विद्यार्थीलाई आवश्यक पोषण तत्व प्राप्त होस भनेर यो कार्यक्रम संचालनमा रहेको र अव देखि विद्यालयमै खाजा पकाएर खुवाउन बिद्यालयलाई निर्देशन दिई सकिएको मुसिकोेट नगरपालिका सामाजिक विकास समितिका संयोजक एक्कबहादुर पाण्डे बताउनुभयो । यदि दिवा खाजा कार्यक्रम संचालन भएको नपाइएमा दिवा खाजा कार्यक्रम अन्तरर्गत प्राप्त हुने रकम रोक्का गर्ने चेतावनी दिइएको पाण्डेले बताउनुभयो । 

२०३२ सालमा स्थापना भएको आधारभुत विद्यालय घोरखानीमा अहिले बालशिक्षा देखि कक्षा ८ सम्म पढाई सञ्चालन भइरहेको छ । 
 


प्रकाशित मिति: मंगलबार, माघ १७, २०७९  १७:२२
कृषि कृषि
#दिवा खाजामा लापरवाही #दिवा खाजा
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्