Kakhara सबैको खबर सम्पूर्ण खबर
गैरीनेटा मेला कात्तिक १४ देखि, भलिबल विजेतालाई १ लाख १ हजार १११ पुरस्कार

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका–२ र मुसिकोट नगरपालिका–९ को संगमस्थल गैरीनेटामा ‘चौथो गैरीनेटा  कप’ आयोजना हुने भएको छ । संयुक्त मेला व्यवस्थापन समितिको आयोजनामा यही कात्तिक १४ गतेदेखि १७ गतेसम्म विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने भएको हो ।परम्परागत रूपमा लाग्दै आएको गैरीनेटा मेलामा पुरुष भलिबल, आमासमूहको रस्साकस्सी र एकल नृत्य प्रतियोगिता आयोजना गरिएको खेल संयोजक नरबहादुर बुढाथोकीले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुरुष भलिबल प्रतियोगिताको विजेताले १ लाख १ हजार १११, उपविजेताले ५५ हजार ५५५ तथा सेमिफाइनलमा पुगेर पराजित हुने दुई टोलीले जनही २१ हजार १२१ नगदसहित मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछन्  । दर्ता शुल्क ८ हजार तोकिएको छ। त्यस्तै आमासमूहको रस्साकस्सी प्रतियोगितामा प्रथम हुने समूहले ५ हजार, दोस्रो हुनेले ३ हजार तथा सान्त्वना हुने दुई समूहले जनही १ हजार ५ सयसहित प्रमाणपत्र प्राप्त गर्नेछन् । दर्ता शुल्क निःशुल्क रहेको छ । एकल नृत्यतर्फ प्रथम, द्वितीय, तृतीय र सान्त्वना हुने प्रतियोगीले क्रमशः ३ हजार, २ हजार, १ हजार र ५ सयसहित प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जनाएको छ। एकल नृत्यका लागि २०० दर्ता शुल्क तोकिएको छ ।

मेला अवधिभर मदिरा तथा जुवातास पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । प्रतियोगितामा सहभागी खेलाडीले अनिवार्य रूपमा खेल पोसाकमा उपस्थित हुनुपर्ने तथा खेलसम्बन्धी विवादमा आयोजक समितिको निर्णय अन्तिम हुने आयोजकले जनाएको छ । मेला उद्घाटन समारोहमा स्थानीय झाँकी, आमासमुह, मयुर नाच प्रस्तुत गरिने मेला व्यवस्थापन समितिले जनाएको छ ।

 inbound5925391521338581364-1792916314.jpg

प्रकाशित मिति: आइतबार, कात्तिक ८, २०८३  १३:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update