Kakhara सबैको खबर सम्पूर्ण खबर
नेकपा एमाले रुकुम पूर्वको आठौं जिल्ला अधिबेशन भोली देखि

नेकपा एमाले रुकुम पूर्वको ८ औं जिल्ला अधिबेशन भोली देखि सुरु हुने भएको छ । माघमा हुने भनिएको जिल्ला अधिबेशन कोरोनाको कारण हुन सकेको थिएन । भोली अधिबेशनको उद्घाटन हुने भएको हो । जिल्ला अधिबेशन उद्घाटनको लागि लुम्बिनी प्रदेश कमिटी इञ्चार्ज छविलाल विश्वकर्मा रुकुम पूर्व आउने आठौं जिल्ला अधिबेशन आयोजक समितिका संयोजक टोपबहादुर ओलीले जानकारी दिनुभयो ।

अधिबेशनमा २ सय ५० जना प्रतिनिधिको सहभागिता रहने छ । सिस्ने गाउँपालिकाबाट २५, भुमे गाउँपालिकाबाट १३ र पुथाउत्तरगंगा गाउँपालिकाबाट १५ जना प्रतिनिधि अधिबेशनमा सहभागि हुने छन् भने जनवर्गिय संगठनबाट ५/५ जना र जिल्ला सल्लाहकार समितिबाट १५ जना प्रतिनिधि अधिबेशनमा सहभागि हुने संयोजक ओलीले बताउनुभयाे । अधिबेशन जिल्ला सदरमुकाम रुकुमकोटमा हुने छ ।

अधिवशन अन्तरगत पर्सी देखि बन्दसत्र सुरु हुने एमाले रुकुम पूर्वले जनाएको छ । अधिबेशनको लागि प्रदेश इञ्चार्ज विश्वकर्माका साथै पोलिटव्यरो सदस्य खेममान खड्का, ददिराम न्यौपाने, प्रदेश अध्यक्ष राधाकृष्ण कडेल लगायत जिल्ला आउने बताईएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २६, २०७८  १७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update