पोखराका ग्रिष्मको अमेरिकामा मृत्यु
रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ३ पोखराका ग्रिष्म खड्काको अमेरिकामा मृत्यु भएको छ । अमेरिकाको अस्टिन टेक्सासमा शुक्रबार ११ः५५ बजे गाडिको ठक्करबाट ग्रिष्मको मृत्यु भएको वडाध्यक्ष हेराम खड्काले जानकारी दिनुभयो ।
काम गरेर कोठा फर्किने क्रममा साइकलमा सवार २२ वर्षीय खड्काको गाडिको ठक्कबाट घटनास्थमै मृत्यु भएको वडाध्यक्ष खड्काले जानकारी दिनुभयो । उनी दुई वर्ष पहिला अमेरिका पुगेका थिए ।
प्रकाशित मिति: आइतबार, मंसिर १३, २०८३ १६:०९
प्रतिक्रिया दिनुहोस्





