चाैरजहारीमा बालविवाहले पोषणमा पारेको प्रभाव विषयक वक्तृत्वकला हुने
रुकुम पश्चिमको चौरजहारी नगरपालिकामा बालविवाहले पोषणमा पारेको प्रभाव विषयक वक्तृत्वकला प्रतियोगिता हुने भएको छ । नगरपालिका अन्तरगत बहुक्षेत्रीय पोषण योजनाको आयोजनामा माध्यमिक तह स्तरीय वक्तृत्वकला प्रतियोगिता हुने भएको हो ।
प्रतियोगिता मंसिर १८ गते आइतबार नगरपालिकाको शितल माध्यमिक विद्यालयमा हुने नगरपालिकाले सूचना जारी गरी जानकारी दिएको छ । प्रतियोगितामा नगरपालिकाका सबै माध्यमिक विद्यालयका विद्यार्थीहरुले भाग लिन पाउने नगर शिक्षा शाखा प्रमुख टिकाजंग ओलीले जानकारी दिनुभयो ।
उहाँले प्रतियोगितामा सभागिताका लागि नगरभरका सबै माध्यममिक विद्यालयहरुलाई आग्रह पनि गर्नुभएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १५, २०७९ १७:०४
प्रतिक्रिया दिनुहोस्