सार्वजनिक बिदा
बेलटापु मेलाको अवसरमा सानीभेरी गाउँपालिकामा बिहिबार सार्वजनिक बिदा
रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले परम्परागत रूपमा लाग्दै आएको बेलटापु मेलाको अवसरमा मंसिर ३ गते अर्थात भोली बिहिबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले आज एक सूचना जारी गर्दै गाउँपालिका क्षेत्रभित्र रहेका सरकारी कार्यालय, विद्यालय तथा गाउँपालिकाभित्र कार्यक्षेत्र रहेका सार्वजनिक निकायमा भोली सार्वजनिक बिदा दिने जनाएको हाे । गाउँपालिकाको उक्त निर्णयअनुसार मेलाको अवसरमा सम्बन्धित सबै निकायमा सार्वजनिक बिदा दिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरवीर खड्काले जारी गरेकाे सूचनामा उल्लेख गरिएको छ ।
बेलटापुमा हरेक वर्ष ठुलो मेला लाग्दै आएको छ । मेलामा खेलकुद तथा सांस्कृतिक कार्यक्रमहरु संचालन हुने गरेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर २, २०८३ १२:४८
प्रतिक्रिया दिनुहोस्





