Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पूर्वः कक्षा ८ लाई ग्रेड वृद्धिका लागि मौका परीक्षा

रुकुम पूर्वका तीन वटै स्थानीय तहमा कक्षा ८ लाई ग्रेड वृद्धिका लागि मौका परीक्षा सञ्चालन गरिने भएको छ । गाउँपालिका स्तरीय परीक्षा अर्थात् कक्षा ८ लाई ग्र्रेड वृद्धिको लागि मौका परीक्षा सञ्चालन हुने भएको हो । 
जिल्लाको तीन वटै गाउँपालिका पुथाउत्तरगङगा, भूमे र सिस्नेका सामुदायिक तथा संस्थागत विद्यालयबाट शैक्षिक सत्र २०७९ कक्षा ८ को वार्षिक परीक्षा दिएका तर, ‘डी’ ग्रेड भन्दा कम ग्रेड ल्याएका विद्यार्थीका लागि मौका परीक्षा सञ्चालन हुने भएको हो । 


कुनै पनि विषयमा ‘डी’ भन्दा कम ग्रेड ल्याएका एक विद्यार्र्थीले कुनै दुई विषयका लागि मात्र मौका परीक्षामा सहभागी गराउने गाउँपालिकाहरूले जनाएका छन् । हाल कुनै दुई विषयमा ‘डी ग्रेड’ भन्दा कम ग्रेड ल्याएका विद्यार्थीको सङ्ख्या सम्बन्धित विद्यालयलाई गाउँपालिकाको शिक्षा शाखामा विवरण बुझाउन आह्वान गरिएको गाउँपालिकाले बताएका छन् । परीक्षामा सहभागी हुनेहरूको विवरण सम्बन्धित विद्यालयले सङ्कलन गरिराखेका छन् । सिस्ने गाउँपालिकामा यही वैशाख १२ गते देखि, भूमे गाउँपालिकामा वैशाख १० गते देखि र पुथाउत्तरगङ्गा गाउँपालिकामा वैशाख १४ गते देखि परीक्षा सञ्चालन हुने भएको छ ।

प्रकाशित मिति: शनिबार, वैशाख ९, २०८०  ०८:०२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रीय
Weather Update