Top Navigation
आइतबार, असोज ७, २०८० ०४:५१:२४
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०४:५१:२४
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #पितिवाङ खेला
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • राप्ती राजमार्गमा मुसिकोट नगरपालिकाको मार्किङ, मिचिएको क्षेत्र खाली गरिदैं 
राप्ती राजमार्गमा मुसिकोट नगरपालिकाको मार्किङ, मिचिएको क्षेत्र खाली गरिदैं  भाद्र ३० गतेसम्म सडक मिचेर बनाइएका संरचना हटाउन नगरपालिकाको निर्देशन, पालना नभए आँफै हटाउने ।
कखरा संवाददाता
कखरा संवाददाता मंगलबार, भदौ १९, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
मुसिकोट ५ बागबजारमा राप्ती राजमार्गको क्षेत्र पहिचान गरिदैं ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले मुआब्जा बुझेका जग्गामा निर्माण गरिएका संरचनामा नजर लगाएको छ । राप्ती राजमार्गको शेरिगाउँ देखि सल्लेसम्म र सोलाबाङ बजारमा मुआब्जा बुझिसकेका जग्गामा निर्माण भएका संरचनामा नगरपालिकाले नजर लगाएको हो । साँघुरो सडकका कारण मुसिकोटमा सवारी व्यवस्थापनमा असहजता भएपछि नगरपालिकाले मुआब्जा बुझिसकेका राप्ती राजमार्गको अधिकारमा रहेको क्षेत्रमा निर्माण गरिएका संचरना हटाउने तयारी सुरु गरेको छ । नगरपालिकाले ३० दिनको समय दिएर सडक आसपासको मुआब्जा लिइसकेका जग्गामा निर्माण गरिएका संरचना आँफै हटाउन अनुरोध गरिसकेको छ ।

साउन ३० गते सूचना जारी गरी अवैध संरचना हटाउन नगरपालिकाले दिएको ३० दिनको समय भाद्र ३० गते सकिदै छ । त्यस्ता संरचना स्वयम् हटाउन एक महिनाको समय तोकेको नगरपालिकाले राप्ती राजमार्गको खास एरिया छुट्याउन सुरु गरेको छ । सेरिगाउँ देखि सल्लेसम्मको क्षेत्रमा र सोलाबाङ बजारमा मुआब्जा बुझेका जग्गा छुट्याउन नगरपालिका लागेको हो । सोमबार सेरिगाउँ देखि बागबजारसम्म सडकको दायाँ र बायाँको एरियामा रातो चिन्ह लगाइएको नगर प्रहरी प्रमुख उमेश केसीले जानकारी दिनुभयो ।

375455065_2023969714602908_500901835808549503_n1693900391.jpg
मुसिकोट ५ सेरीगाउँमा राप्ती राजमार्गको क्षेत्र पहिचान गरिदैं । 

उहाँका अनुसार दोस्रो दिन आज मंगलबार खलंगाको त्रिवेणी चोकबाट सल्लेसम्म मार्किङ गरिएको छ । सेरिगाउँ देखि सल्ले र सोलाबाङ बजारमा राप्ती राजमार्गको दायाँबायाँ चेपुवामा परेको जग्गा छुट्याउने कार्यक्रम अन्तर्गत सेरिगाउँ देखि सल्लेसम्मको क्षेत्रमा राप्ती राजमार्गको एरियामा मार्किङ गरिएको र अब सोलाबाङमा बाँकी रहेको उहाँले बताउनुभयो । प्राविधिक सहितको जनप्रतिनिधि, कर्मचारी र नगर प्रहरीको टोलीले सडकको क्षेत्र पहिचान गरिरहेको छ । ५ नम्बर वडामा पर्ने सडक आसपासको क्षेत्र पहिचान गरिसकिएको मुसिकोट नगरपालिकाका प्रवक्ता समेत रहनुभएका वडा नम्बर ५ का अध्यक्ष समिरजंग मल्लले बताउनुभयो ।

‘नगरपालिकाले मुआब्जा बुझेका क्षेत्रमा बनेका संरचना हटाउन सूचना जारी गरेपछि केही अन्योलता देखिए, कुन क्षेत्र मुआब्जा बुझेको हो कुन होइन भनेर सबैलाई थाहा हुन नसकेको पाइयो, उहाँले भन्नुभयो–यो अन्योलतालाई हटाउनका लागि राप्ती लोकमार्गको क्षेत्रमा मार्किङ गरिएको हो ।’ यसबाट सडकको क्षेत्र कति हो भनेर स्पस्ट भएको र कुन कुन संरचना सडक मिचेर बनेका छन् भनेर खुलेको उहाँले बताउनुभयो । सडकको क्षेत्र पहिचान भएपछि नगरपालिकाले तोकेको समयसिमा भित्र स्वयम् व्यक्तिले उक्त संरचना हटाउन सहयोग पुग्ने विश्वास गरिएको छ ।

375320176_2024511204548759_3853977495209632097_n1693900433.jpg
मुसिकोट १ खलंगाको हुलाक मुनी राप्ती राजमार्गको क्षेत्र पहिचान गरिदैं । 

तोकिएको समयमा उक्त संरचना नहटाएमा भने नगरपालिकाले आँफैले हटाउने नगर प्रमुख महेन्द्र केसीले बताउनुभयो । मुसिकोटमा दिनहुँ सवारी चाप बढ्दै गएका कारण सवारी चाप व्यवस्थापन गर्न मुश्किल भएको र बजार एरियामा सडक तथा सार्वजनिक जग्गा मिचेर संरचना निर्माण गर्ने क्रम बढेपछि राप्ती राजमार्गको मिचिएको जग्गा खाली गर्न लागिएको उहाँको भनाई छ । नगरपालिकाको यो कदमलाई सकारात्मक रुपमा लिइएको छ ।      
 


प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १३:३४
कृषि कृषि
#राप्ती राजमार्ग #चेपुवामा परेकाे संरचना खाली गरिदैं
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्