Top Navigation
आइतबार, असोज ७, २०८० ०५:०८:२७
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०५:०८:२७
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #पितिवाङ खेला
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
स्थानीय सरकार
  • Home
  • स्थानीय सरकार
  • खरका छाना मुक्त अभियानः रुकुम पश्चिममा एक वर्षमा साढे दुई हजार घरका छाना फेरिए
खरका छाना मुक्त अभियानः रुकुम पश्चिममा एक वर्षमा साढे दुई हजार घरका छाना फेरिए जिल्लाभरमा कुल १३ कराेड २० लाख बजेट खर्च भएकाे छ ।
कखरा संवाददाता
कखरा संवाददाता सोमबार, भदौ २५, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
मुसिकाेट नगरपालिका वडा नम्बर १० मा खरकाे छाना विस्थापित गरिएकाे एक घर ।

रुकुम पश्चिममा खरको छाना हटाउने अभियानले तीव्रता पाएको छ । जिल्लाभरमा एक वर्षको अवधिमा झन्डै साढे दुई हजार घरका छाना फेरिएका छन् । गत आर्थिक वर्षमा जिल्लामा तीन नगरपालिका र तीन गाउँपालिकामा २ हजार ४२ घरमा खरको छाना हटाएर जस्तापाता राखिएको हो । यसका लागि जिल्लाभरमा कुल १३ करोड २० लाख बजेट खर्च भएको छ । 

बितेको वर्ष सबैभन्दा बढी १ हजार १ सय २० वटा खरका छाना विस्थापित आठबीसकोट नगरपालिकाले गरेको छ  । सबैभन्दा कम सानीभेरी गाउँपालिकामा ५२ वटा घरका छाना फेरिएको छ । मुसिकोट नगरपालिकाले १ सय ६१, चौरजहारी नगरपालिकाले २ सय ३०, त्रिवेणी गाउँपालिकाले २ सय १४ र बाँफिकोट गाउँपालिकाले २ सय ६५ वटा खरका छाना विस्थापित गरेको छ । 

सुरक्षित जनता आवास कार्यक्रममा छनोट भएका घरहरुमा जस्तापाताको छाना राख्न चौरजहारी नगरपालिका, त्रिवेणी गाउँपालिका र सानीभेरी गाउँपालिकाले सम्मान ५० हजारका दरले रकम भुक्तानी गरेका थिए । मुसिकोट नगरपालिकामा प्रति घर ५५ हजारका दरले रकम उपलब्ध गराइएको नगर कार्यपालिका प्रवक्ता समिरजंग मल्लले जानकारी दिनुभयो । 

उहाँका अनुसार जनता आवास कार्यक्रम अन्तर्गत नगरपालिकाले ८९ लाख बजेट खर्च गरेको छ । बाँफिकोट गाउँपालिकाले घर ठुलो सानोको आधारमा छनोट भएका २ सय ६५ घरहरू मध्ये ३४ घरधुरीलाई ३१ हजार ८ सय २३ र बाँकी २ सय ३१ घरधुरीलाई ५० हजारका दरले रकम भुक्तानी गरेको गाउँपालिकाका प्राविधिक प्रमुख दलबहादुर ओली जानकारी दिनुभयो । 

आठबीसकोट नगरपालिकामा भने १ हजार १ सय २० घरधुरीलाई टेन्डर प्रक्रिया मार्फत हुलास स्टिल उद्योग कम्पनीले ८ करोड ५७ लाखमा जस्तापाता उपलब्ध गराएको थियो । ठेक्का मार्फत जस्तापाता उपलब्ध बनाउँदा छनोट भएका घरपरिवारलाई  राहत भएको निमित्त प्रमुख प्रशासकीय अधिकृत मणिराज शाहले बताउनुभयो । आ.व. २०७९/०८० मा नगरपालिकामा ठुलो सङ्ख्यामा खरका छाना विस्थापित गरे पनि अझै खरका छाना विस्थापित गर्न ४ सय ८० घर  बाँकी रहेको उहाँको भनाई छ । 

त्यस्तै सानीभेरी गाउँपालिकामा खरको छाना विस्थापित गर्न २६ लाख, त्रिवेणी गाउँपालिकामा १ करोड ७ लाख र चौरजहारी नगरपालिकामा १ करोड १५ लाख बजेट खर्च भएको छ । आर्थिक अवस्था कमजोर, खरको छाना भएका र विपन्न परिवारलाई वडाले सिफारिस गरेको आधारमा छनोट गरी पालिकाहरुले जस्तापाता उपलब्ध बनाएका थिए । खरको छाना हटाउन नसक्ने परिवार पालिकाबाट सहयोग पाएपछि हर्षित भएका छन् । 

 


प्रकाशित मिति: सोमबार, भदौ २५, २०८०  १३:५४
कृषि कृषि
#खरकाे छाना विस्थापित #जस्तापाताकाे छाना
प्रतिक्रिया दिनुहोस्
थप स्थानीय सरकार
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन 
रुकुम पश्चिमका राजकुमार माओवादी केन्द्र कर्णालीको संसदीय दलको नेतामा चयन  बुधबार, पुस १३, २०७९
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?  
रुकुम पूर्वका १७ उम्मेदवारले चुनाव खर्च विवरण बुझाए, कसको खर्च कति ?   मंगलबार, पुस ५, २०७९
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ? 
जनार्दन शर्माको चुनाव खर्च २४ लाख, अरु कसको कति ?  बुधबार, मंसिर २८, २०७९
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ 
एउटै वडाबाट तीन सांसद्, जिल्लाभर छ  सोमबार, मंसिर २६, २०७९
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद 
रुकुम पश्चिमबाट पहिलो पटक ७ जना सांसद  आइतबार, मंसिर २५, २०७९
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद
प्रत्यक्ष तर्फ माओवादीका ३ सांसद रहेकाे रूकुम पश्चिममा समानुपातिक तर्फ दुई सांसद शनिबार, मंसिर २४, २०७९
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद
रूकुम पश्चिमबाट समानुपातिक तर्फ एमालेका दुई सांसद शनिबार, मंसिर २४, २०७९
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद
नेकपा एसबाट रूकुम पश्चिमकी कल्याणि प्रदेश समानुपातिक सांसद शनिबार, मंसिर २४, २०७९
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम 
चुनावको समिक्षा गर्दै माओवादी केन्द्र रुकुम पश्चिम  बिहीबार, मंसिर २२, २०७९
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्