Top Navigation
आइतबार, असोज ७, २०८० ०३:५२:४६
Main Navigation
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
आइतबार, असोज ७, २०८० ०३:५२:४६
Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • समाज
  • स्थानीय सरकार
  • वडा
  • खेलकुद
  • मनाेरन्जन
  • अन्य
    • व्यक्ति/व्यक्तित्व
    • विचार/व्लक
  • ट्रेण्डिङ
  • #पुल नहुँदा सास्ती
  • #जनार्दन शर्मा
  • #पितिवाङ खेला
  • #एनआरएनए अमेरिका
  • #नेपालीका लागि गम्भीर छौँ
  • #माेहन कुसारी
  • #नमुना अभ्यास
Search Here
समाज
  • Home
  • समाज
  • तोकिएको समयभित्र मुसिकोटका अवैध संरचना हटाइएन 
तोकिएको समयभित्र मुसिकोटका अवैध संरचना हटाइएन  केही व्यक्तिले भने स्वतःस्फूर्त संरचना हटाए ।
कखरा संवाददाता
कखरा संवाददाता मंगलबार, असोज २, २०८०
सिस्ने गाउँपालिका सिस्ने गाउँपालिका
सडक क्षत्रमा निर्माण गरिएका अवैध संरचना ।

रुकुम पश्चिमको मुसिकोट नगरपालिकाले अवैध संरचना हटाउन दिएको ३० दिने समय आइतबार सकिएको छ । नगरपालिकाले गत साउन ३० गते सूचना जारी गर्दै ३० दिन भित्रमा नगरपालिका क्षेत्र भित्र पर्ने राप्ती राजमार्गको मुआब्जा बुझेको क्षेत्रमा बनाइएका संरचना हटाउन भनेको थियो । तर उक्त समय आइतबार सकिएको छ भने अवैध संरचना हटाइएको छैन । सेरिगाउँ देखि सल्लेसम्म र वडा नम्बर ४ को सोलावाङ बजार क्षेत्रको सडक छेउमा निर्माण गरिएका अवैध संरचना हटाउने तयारीमा नगरपालिका छ । सोही अनुसार आफुखुसी उक्त संरचना हटाउन नगरपालिकाले नगरवासीलाई अनुरोध गरेका थियो ।

तर नगरपालिकाले तोकेको ३० दिनको समय सकिदा पनि सडक छेउका अवैध संरचना जस्ताको तस्तै छन् । फाट्टफुट्ट केही व्यक्तिले आफै संरचना हटाए पनि अधिकांश संरचना उस्तै छन् । नगरपालिकाले यस अघि नै ३ दिन लगाएर सडक छेउमा निर्माण भएका अवैध संरचनाका पहिचान गरेको थियो । सडकको क्षेत्राधिकारमा निर्माण गरिएका संरचनामा नगरपालिकाले मार्किङ गरेको छ । अवैध संरचना हटाउन सजिलो होस भनेर अवैध संरचनामा मार्किङ गरिए पनि नगरवासीले त्यसको बेवास्ता गरेका छन् ।

मुसिकोट नगरपालिका वडा नम्बर ५ बागबजारका भिमबहादुर परियारले भने नगरपालिको गरेको निर्णयलाई स्वागत गर्दै घर अगाडी निर्माण भएका अवैध संरचना हटाइसक्नुभएको छ । नगरपालिकाले तोकेको सडक क्षेत्र भित्र संरचना रहेकाले कामदार लगाएर हटाएको परियारले बताउनुभयो । सडक क्षेत्रभित्र पर्ने अवैध संरचना सबैले हटाउनुपर्ने उहाँको भनाई छ । तोकिएको समयभित्र अवैध संरचनाहरू स्वयं धनीले खाली नगरेपछि अव कसरी अगाडी बढ्ने भनेर छलफल गरिने नगरपालिकाका प्रवक्ता समरजङ्ग मल्लले बताउनुभयो ।

समय थप गर्ने कि संरचना हटाउन लाग्ने भन्ने विषयमा निर्णय हुन बाँकी रहेको उहाँको भनाई छ । बजार क्षत्रलाई सुन्दर र फराकिलो बनाउने तथा सवारी व्यवस्थापन र दुर्घटना न्यूनीकरण यसअघि नै मुआब्जा बुझेका सडक क्षेत्राधिकारमा पर्ने अवैध संरचना हटाउन लागिएको नगरपालिकाले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, असोज २, २०८०  १८:०९
कृषि कृषि
#अवैध संरचना हटेनन् #मुसिकाेट नगरपालिका
प्रतिक्रिया दिनुहोस्
लोकप्रिय
  • Week
  • Month
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
जनार्दन शर्माले रुकुमका मान्छे ल्याएर ठेकेदारको घरमा धर्ना बस्छु भन्दा पनि नबनेको पुल 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
पानामामा डुंगा पल्टिदा ज्यान गुमाएका प्रदिपको परिवारलाई २१ लाख सहयोग 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
स्यार्पू पर्यटन, व्यापार तथा सांस्कृतिक महोत्सव हुने 
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
‘नेपालीको हकहितमा दत्तचित्त भएर लाग्नेछौँ ’
पितिवाङ खोलामा आवतजावत बन्द 
पितिवाङ खोलामा आवतजावत बन्द 
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
पुमा खोलामा बेपत्ता गिरीको शव फेला
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
प्रेस काउन्सिल युवा पत्रकारिता पुरस्कारबाट रुकुमका लामिछाने पुरस्कृत 
यो पनि
युनिकोडमा परिवर्तन गर्नुहोस्
आजको विनिमयदर
सुन-चाँदि
सेयर बजार

सूचना विभाग दर्ता नं. २१५९/२०७७-०७८
Email: [email protected]
Phone: ९८२२९८२३४५ र ९८२२८८८२०६
अध्यक्ष: धनबहादुर खड्का
सम्पादक: मनिष खड्का
  • कखरा बारे
  • Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal
    • स्थानीय तह निर्वाचन २०७९
    © Kakhara सबैको खबर सम्पूर्ण खबर | News Portal from Rukum, Nepal - 2023 All rights reserved. Site by: SoftNEP

    SoftNEP News Alert

    अख्तियार स्वतन्त्र निकाय भएकाले वाइडबडि छानबिनमा अहिलेसम्‍म कुनै किसिमको राजनीतिक दबाब आएको छैन।स्वतन्त्र ढंगले काम गरिरहेका छौ।
    सदस्यता लिनुहोस्