
रुकुम पश्चिमको बाँफिकोट गाउँपालि वडा नम्बर ४ नेटा पोखरामा भलिबल प्रतियोगिताको आयोजना गरिएको छ । वडादशैको अवसरमा वडामा रहेको कालिका युवा क्लबले पुरुष भलिबल प्रतियोगिताको आयोजना गरेको हो ।
विजयादशमीको अवरमा हरेक वर्ष क्लबले भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ । यो पनि असोज १२ देखि १५ गते सम्म खुला शुद्ध वडा स्तरीय भलिबल प्रतियोगिता सञ्चालन हुने भएको हो ।
प्रतियोगितामा प्रथम हुने टिमले नगद ७५ हजार, दोस्रोले नगद ६० हजार र तेस्रो टिमले नगद ४५ हजार रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने कालिका युवा क्लबका अध्यक्ष गोपाल उखिराले जानकारी दिनुभयो ।
उहाँका अनुसार विधागत रूपमा उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडीलाई पनि पुरस्कारको व्यवस्था गरिएको छ । उत्कृष्ट खेलाडीलाई दुई हजार रुपैयाँ सहित वेस्ट स्पाइकर वेस्ट सर्भर, वेस्ट लिवेरो, वेस्ट व्लकर, वेस्ट सेटर तथा उदयमान खेलाडी र वेस्ट कोचलाई समान एक÷एक हजार रुपैयाँ पुरस्कार सहित ट्रफीको व्यवस्था गरिएको छ ।
यस्तै एकल नृत्य प्रतियोगिता तर्फ प्रथम, दोस्रो, तेस्रोले तीन हजार, दुई हजार, एक हजार रुपैयाँको साथमा प्रमाण पत्र पाउने भएका छन् । खेलकुद प्रतियोगिता उद्घाटनको दिन झाकी सहित उपस्थित हुने सांस्कृतिक समूहलाई पनि समान दुई÷दुई हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।।