रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका वडा नम्बर ६ मग्मामा परम्परादेखि लाग्दै आएको आला मेला यस वर्ष पनि लाग्ने भएको छ । मेला यही माघ ५ देखि ७ गतेसम्म लाग्ने भएको हो । मेलाको अवसरमा खुला शुद्ध वडा स्तरीय पुरुष भलिबल, ब्याडमिन्टन र छेलो प्रतियोगिताको आयोजना गरिएको छ ।
पुरुष भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद ७५ र दोस्रो हुने टिमले नगद ५५ हजार रुपैयाँको साथमा कप मेडल र प्रमाणपत्र प्राप्त गर्दा सेमिफाइनल पुगेका दुई टिमले समान २० /२० हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र पाउने मेला व्यवस्थापन समितिले जानकारी दिएको छ ।
त्यस्तै पुरुष ब्याडमिन्टन प्रतियोगितातर्फ प्रथम हुने जोडीले नगद १२ हजार र दोस्रो हुने जोडीले नगद ८ हजार रुपैयाँको साथमा मेडल प्रमाण प्राप्त गर्दा सेमिफाइनल पुगेका दुई जोडीलाई समान चार /चार हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्नेछ ।
छेलो प्रतियोगितातर्फ प्रथमले दुई हजार दोस्रोले एक हजार पाँच सय र सान्त्वना हुने दुई जनाले समान पाँच÷पाँच सय रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने मेला व्यवस्थापन समितिका अध्यक्ष सुवास बस्यालले जानकारी दिनुभयो ।




-1759842583.jpg)