रुकुम पूर्वको सिस्ने गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड ५ नम्बर वडा स्थित रुक्मिणी मावि रुकुमकोटले जितेको छ । नौ वटा विद्यालयलाई पछि पार्दै रुक्मिणी माविले शिल्ड जितेको हो ।
यो सँगै रुक्मिणी माविले लगातार दोस्रो पटक शिल्ड जितेको छ । गत वर्षको छैटौँ राष्ट्रपति रनिङ शिल्ड पनि रुक्मिणीले जितेको थियो । उसले १७ स्वर्ण नौ रजत र एक कांस्य सहित कुल २७ पदक प्राप्त गरेर सातौँ राष्ट्रपति रनिङ शिल्ड जित्न सफल भएको हो ।
यस्तै ६ नम्बर वडामा रहेको त्रिभुवन मावि छिप्रिदहले सात स्वर्ण १३ रजत चार कांस्य सहित कुल २४ पदक ल्याएर दोस्रो भएको सिस्ने गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत मंगलसिंह बुढाले जानकारी दिनुभयो । उहाँका अनुसार ३ नम्बर वडाको जनता मावि पोखरा तेस्रो भएको छ ।
मावि पोखराले चार स्वर्ण ६ रजत र नौ कांस्य सहित १९ पदक प्राप्त गरेको थियो । यस्तै ६ नम्बर नम्बर वडामा रहेको हिमशिखा बोर्डिङ स्कुलले दुई स्वर्ण, एक रजत र तीन कांस्य सहित कुल ६ पदक ल्याएर सान्त्वना भएको छ ।
शिल्डमा विभिन्न वडाका दश वटा विद्यालयहरूले सहभागिता जनाएका थिए । ३ नम्बर वडाको मूलपानी खेल मैदानमा माघ १३ गते देखि सञ्चालन भएको शिल्ड आज सम्पन्न भएको हो ।
शिल्डमा छात्र छात्रा सटफुट, ज्याभलिङ थ्रो, त्रिपलजम्प, हाइजम्प, लङजम्प, १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटर दौड तथा विभिन्न दुरिको रिले दौड, छात्र छात्रा कबड्डी, भलिबल लगायतका विद्यामा विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । एक कार्यक्रमका बिच आज शिल्डको समापन गरिएको छ ।





-1759842583.jpg)