Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोटकोे छैटौँ राष्ट्रपति रनिङ शिल्ड सिद्धार्थ मावि मग्माले जित्यो

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका स्तरीय छैटौँ राष्ट्रपति रनिङ शिल्ड सिद्धार्थ मावि मग्माले जितेको छ । ६ नम्बर वडामा रहेको मावि मग्माले १७ स्वर्ण दुई रजत सहित कुल १९ पदक  प्राप्त गरेर शिल्ड जितेको हो ।

यस्तै बाँफिकोट २ मा रहेको जनकल्याण मावि पिपल दोस्रो भएको छ ।  चार स्वर्ण पाँच रजत चार कांस्य सहित कुल १३ पदक ल्याएर  जनकल्याण मावि दोस्रो भएको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा अधिकृत चिरञ्जीवी रेग्मीले जानकारी दिनुभयो ।

उहाँका अनुसार ४ नम्बर रहेको वीरेन्द्र मावि एक स्वर्ण चार रजत र नौ कांस्य सहित कुल १४ पदक प्राप्त गरेर तेस्रो भएको  छ । वीरेन्द्र माविको प्राङ्गणमा फागुन १ गते देखि सुरु भएको शिल्ड आइतबार समापन भएको हो ।  शिल्डमा पालिका भित्रका दश वटा सामुदायिक विद्यालयले सहभागिता रहेको थियो ।

शिल्डमा छात्र छात्रा सट फुट, ज्याभलिङ थ्रो, त्रिपलजम्प, हाइजम्प, लङजम्प, १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटर दौड तथा विभिन्न दुरीको रिले दौड, छात्र छात्रा कबड्डी, भलिबल लगायतका विद्यामा विद्यार्थीले प्रतिस्पर्धा गरेका थिए । आइतबार एक कार्यक्रमका बिच शिल्डको समापन गरिएको छ ।

प्रकाशित मिति: सोमबार, फागुन ४, २०८२  १०:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update