Kakhara सबैको खबर सम्पूर्ण खबर
सिस्ने गाउँपालिका ६ मा खेलकुद प्रतियोगिता हुने

रुकुम पूर्वको सिस्ने गाउँपालिका वडा नम्बर ६ मा खेलकुद प्रतियोगिता हुने भएको छ । चैते दशैको अवसरमा वडाको चिउरेनी खेल मैदानमा चैत्र ९ गते देखि प्रतियोगिता सञ्चालन हुने भएको हो । वडा कप २०८२ अन्तर्गत वडाका युवाहरूले खुला शुद्ध वडा स्तरीय भलिबल प्रतियोगिताको आयोजना गरेका छन् ।

प्रतियोगितामा प्रथम हुने टिमले नगद ८० हजारकाे साथमा कप, मेडल र प्रमाण पत्र पाउने खेल संयोजक विवेक मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार दोस्रो हुने टिमले नगद ५० हजार, तेस्रो हुने टिमले नगद ३० हजार तथा सान्त्वना हुने टिमले नगद १५ हजार रुपैयाँको साथमा मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । सबै पुरस्कार राशिमा २५ प्रतिशत कर कट्टी हुने आयोजकले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, चैत ५, २०८२  १६:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update