
रुकुम पश्चिमको सदरमुकाम खलंगामा मिलिनियम च्यालेन्ज कर्पोरेशन अर्थात एमसीसीको विरुद्धमा प्रर्दशन गरिएको छ । नेकपा माओवादी केन्द्र निकट अनेरास्ववियू क्रान्तिकारी र एकीकृत समाजवादी निकट अनेरास्ववियुले सयुंक्त रुपमा रुपमा विरोध प्रर्दशन गरेका हुन् ।
एमसीसी चाहिदैन, राष्ट्रघाती सम्झौता नगर भन्ने नारा सहित विरोध प्रर्दशन भएको थियो । विद्यार्थीहरुले नाराबाजी, प्ले कार्ड, झण्डा व्यानर सहित बजार परिक्रममा गरेका थिए । बजार परिक्रमा पछिको कोण सभालाई अनेरास्ववियू क्रान्तिकारीका केन्द्रीय सदस्य सुन्दर शर्मा, कर्णाली प्रदेश उपाध्यक्ष तुल देवकोटा, जिल्ला अध्यक्ष नारायण केसी, अनेरास्ववियूकी जिल्ला उपाध्यक्ष भावना शर्मा लगायतले सम्बोधन गरेका थिए ।
प्रकाशित मिति: बिहीबार, फागुन १२, २०७८ १५:०४
प्रतिक्रिया दिनुहोस्