
प्रतिनिधिसभाको शुक्रबारको बैठक स्थगित गरिएको छ । आज एक बजेका लागि बोलाइएको बैठक आइतबार एक बजेसम्मका लागि स्थगित गरिएकाे संसद् सचिवालयका एक अधिकारीले बताए । प्रतिनिधिसभाको शुक्रबारको बैठक सुरु हुन एक घण्टाअघि प्रधानमन्त्री शेरबहादुर देउवाको सन्देश बोकेर कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडूले सभामुख अग्निप्रसाद सापकोटासँग भेट गरेका थिए ।
उक्त भेटको सुरुमा नै मन्त्री बडूले बैठक आइतबारसम्मका लागि सार्न आग्रह गरेका थिए । सोही आग्रहअनुसार सभामुखले बैठक सारेका थिए । क्रबारको बैठकमा एमसीसीमाथि सामान्य छलफल गर्ने कार्यसूची तय थियो । छलफलमा एमसीसीको सैद्धान्तिक पक्षबारे सांसदहरूले धारणा तय थियो । सामान्य छलफलमा भाग लिने सांसद्लाई पाँच मिनेटको समय दिइने कार्यव्यवस्था समितिको बिहीबारको बैठकले नै तय गरिसकेको थियो ।