Kakhara सबैको खबर सम्पूर्ण खबर
अनेमसंघ क्रान्तिकारीको चौरजहारीको अध्यक्षमा देवि खड्का
नव निर्वाचित अध्यक्ष खड्का ।

नेपाल कम्युनिष्ट पार्टी निकट अखिल नेपाल महिला संघ क्रान्तिकारी चौरजहारी नगरपालिका रुकुम पश्चिमले नयाँ कार्य समिति चयन गरेको छ । चौरजहारीमा भएको प्रथम नगर सम्मेलनबाट नयाँ समिति चयन भएको हो । सम्मेलनले देवि खड्काको अध्यक्षतामा ७१ सदस्यीय समिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा उमादेवि सुनार, सावित्रा पोखरेल र पवित्रा विक चयन भएका छन् । इश्वरी शर्मा विएमलाई सचिवमा चयन गरेको सम्मेलनले सह सचिवमा ३ जनालाई चयन गरेको छ । सह सचिवमा सुनिता डाँगी, पवित्रा राना र रुपा परियार चयन भएका छन् । कोषाध्यक्षमा निरुषी हमाललाई चयन गरिएको छ ।

संगठनका कर्णाली प्रदेश संयोजक तथा माओवादीको पार्टी केन्द्रीय सदस्य हरिमाया शर्माको प्रमुख, पार्टी केन्द्रीय सदस्य तथा रुकुम पश्चिम जिल्ला इन्चार्ज लुम्बिनी गौतमको विशेष उपस्थितिमा सम्मेलन भएको हो । सम्मेलनमा पार्टीका कर्णाली प्रदेश सदस्य तथा चौरजहारी नगरप्रमुख विशाल शर्मा, राधा रोका, पुष्प वादी, पार्टीका चौरजहारी नगर अध्यक्ष श्रीकृष्ण शर्मा लगायतको आतिथ्यता रहेको थियो । 
 

प्रकाशित मिति: शुक्रबार, फागुन १३, २०७८  १७:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update