नेकपा माओवादी केन्द्रको भातृ संगठन योङ्ग कम्युनिष्ट लिग (वाइसीय) मुसीकोटले संगठन विस्तारलाई निरन्तरता दिएको छ । जसअन्तरगत आज वडा नम्बर १ मा वडा समिति गठन गरिएको छ । वडाको कैलदेउमा भएको युवाहरुको भेलाले भिमबहादुर बोहराको अध्यक्षतामा ८५ सदस्यीय वडा समिति गठन गरेको हो ।
जसको उपाध्यक्षमा राजेन्द्र खड्का, मदन विष्ट र पुर्ण बोहरा, सचिवमा कुमार विष्ट, सह सचिवमा प्रकाश गुर्ताल र रमेश सार्की तथा कोषाध्यक्षमा चित्रबहादुर वुढाथोकी रहनुभएको छ । त्यस्तै वडालाई १० टोलमा विभाजन गरेर टोल इन्चार्ज पनि तोकिएको छ ।
१ नम्बर टोलमा ओविराम विक, २ नम्बर टोलमा कमल परियार, ३ नम्बर टोलमा जुक्तिमान गिरी, ४ नम्बर टोलमा अनिल ओली, ५ नम्बर टोलमा अविशेक बोहरा, ६ नम्बर टोलमा किशन रावल, ७ नम्बर टोलमा चित्रबहादुर बुढाथोकी, ८ नम्बर टोलमा प्रकाश नेपाली, ९ नम्बर टोलमा नन्दराम नेपाली र १० नम्बर टोलमा गोपाल सुनारलाई इन्चार्जको जिम्मा दिईएको छ ।
त्यस्तै निर्वाचन परिचालन समिति समेत गठन गरिएको वाइसीयल नेपाल मुसीकोटले जनाएको छ । ‘एक वुथ एक सय युथ’ कार्यक्रम अनुसार वडाका २ वुथमा ५०÷५० सदस्यीय निर्वाचन परिचालन समिति गठन गरिएको हो । ‘क’ वुथमा विशाल रावल र ‘ख’ वुथमा मोहन ओली संयोजक रहनुभएको छ ।
शेरबहादुर विकको अध्यक्षतामा भएको भेलामा वाइसीयल नेपालका मुसीकोट इन्चार्ज डम्बर थापाको प्रमुख र नेकपा माओवादी केन्द्रका वडा अध्यक्ष जंगबहादुर गिरीको विशेष आतिथ्यता रहेको थियो ।
त्यस्तै भेलामा वाइसीयलका नगर सचिव राजु विक, पार्टीका नगर सदस्य नरेन्द्र रोकाय, विष्णु रेउले, अखिल क्रान्तिकारीका प्रदेश सदस्य विशाल विष्ट, वाइसीयलका जिल्ला सदस्य कृष्ण शाही, एकीकृत अखिल नेपाल शिक्षक संगठन रुकुम पूर्वका सदस्य नन्दराम केसी, शिक्षक संगठनकै मुसीकोट नगर सदस्य दलबहादुर रेउले, पार्टीका वडा उपाध्यक्ष गणेश विक र वडा सदस्य मानसिंह बिसीको पनि आतिथ्यता रहेको थियो ।




-1759842583.jpg)