
नेकपा एमाले रुकुम पूर्वको आठौं जिल्ला अधिवेशन सम्पन्न भएको हो । फागुन २७ गते सुरु भएको जिल्ला अधिवेशन नयाँ नेतृत्व चयन गर्दै सोमबार सम्पन्न भएको हो । अधिवेशनबाट जिल्ला अध्यक्षमा टोपबहादुर ओली निर्वाचित हुनुभएको छ । उहाँ यसअघि जिल्ला संयोजक हुनुहुन्थ्यो ।
ओलीको अध्यक्षतामा ९५ सदस्यीय जिल्ला कमिटी सर्वसम्मत निर्वाचित भएको नेकपा एमाले रुकुम पूर्वले जनाएको छ । उपाध्यक्षमा दामप्रसाद श्रेष्ठ, सचिवमा गोपाल रेउले, उप सचिवमा भावना विसी र तेजेन्द्र बुढा चयन हुनुभएको छ । केही पदाधिकारी दोहोरिएका छन् भने केही नयाँ आएका छन् । यसअघि नै तोकिएको नेकपा एमाले रुकुम पूर्वको जिल्ला अधिवेशन कोरोना संक्रमणका कारण ढिलो गरी भएको हो ।
प्रकाशित मिति: मंगलबार, चैत १, २०७८ ०७:४०
प्रतिक्रिया दिनुहोस्