रुकुम पश्चिमका ६ स्थानीय तहमा कार्यपालिकाको निर्वाचन पनि सम्पन्न भएको छ । ३ नगर र ३ गाउँपालिकाको कार्यपालिका सदस्य निर्वाचन सकिएको हो । ३ नगरपालिकामा २४ जना र ३ गाउँपालिकामा १८ जना सदस्य कार्यपालिका निर्वाचित भएका छन् । नगर गाउँ गरी ४२ जना कार्यपालिका सदस्य निर्वाचित भएका छन् । नगर कार्यपालिकामा ८ जना र गाउँ कार्यपालिकामा ६ जनाका दरले सदस्य निर्वाचित भएका छन् ।
निर्वाचित सबै माओवादीका हुन् । मुसीकोट नगरपालिकामा एक जना समाजवादीका व्यक्ति निर्वाचित भएका छन् । उनि पनि माओवादीकै चुनाव चिन्हबाट निर्वाचन लडेका थिए । २ नगरपालिकामा मात्रै निर्वाचन भयो । आठबीसकोट र मुसीकोट नगरपालिकामा मात्रै कार्यपालिका सदस्य चयनका लागि निर्वाचन भएको थियो । चौरजहारी नगरपालिका, बाँफिकोट, सानीभेरी र त्रिवेणी गाउँपालिकामा निर्विरोध कार्यपालिका सदस्य निर्वाचित भएका थिए । आठबीसकोटमा कांग्रेस एमाले गठबन्धनका उम्मेदवारले १५ र माओवादी केन्द्रका उम्मेदवारले ४९ मत पाएका थिए ।
मुसीकोटमा एमाले कांग्रेस गठबन्धनका उम्मेदवारले ३३ एक जनाले ३४ मत प्राप्त गरेका थिए भने माओवादी केन्द्रका उम्मेदवारले ३९, १ जनाले ४० र १ जनाले ३७ मत प्राप्त गरेका थिए । कार्यपालिकाको मत परिणाम अनुसार जिल्लाका सबै पालिकाको कार्यपालिकामा माओवादी केन्द्रको बहुमत छ ।
| क्र.स. | स्थानीय तहकाे नाम | निर्वाचित कार्यपालिका सदस्यकाे नाम | कैफियत |
| १ | मुसीकाेट नगरपालिका | निर्मला रसाइली | |
| दिलमाया खड्का | |||
| ललिता शिर्पाली | |||
| रचना पुन मगर | |||
| देवी पुन | |||
| राजु विक | |||
| निर्मला नेपाली | |||
| दलबहादुर परियार | |||
| २ | चाैरजहारी नगरपालिका | उमादेवी सुनार | |
| पुतला पुन मल्ल | |||
| भिमा थापा | |||
| मिना केसी | |||
| लक्ष्मी सुनार | |||
| तुलाराम सुनार | |||
| विमला नेपाली | |||
| देवेन्द्रकुमार सुनार | |||
| ३ | आठबीसकाेट नगरपालिका | कृष्णा घर्ती | |
| नन्दकुमारी आग्री | |||
| सदिक्षा मल्ल | |||
| सेतु थापा | |||
| हिरा थापा | |||
| यज्ञबहादुर विक | |||
| रबे कामी | |||
| सर्जने कामी | |||
| ४ | बाँफिकाेट गाउँपालिका | कमला केसी मल्ल | |
| रिता जैसी | |||
| ज्याेतिका परियार | |||
| पविता सुनार | |||
| मनबहादुर वादी | |||
| शेरु विक | |||
| ५ | सानीभेरी गाउँपालिका | विमला विक राेका |
|
| सार पुन मगर | |||
| देउमा भण्डारी | |||
| लिला खड्का | |||
| सेते कामी | |||
| बलबहादुर कामी |
| ६ |
त्रिवेणी गाउँपालिका
|
देवकुमारी बुढाथाेकी |
|
| विष्णु सुनार | |||
| चाँदनी पुन | |||
| प्रेमा ओली | |||
| जनककुमार विश्वकर्मा | |||
| लक्ष्मण कामी |




-1759842583.jpg)