Kakhara सबैको खबर सम्पूर्ण खबर
यि हुन नेकपा एमालेका निर्वाचन क्षेत्र र पालिका इन्चार्ज 

नेकपा एमाले रुकुम पश्चिमले जिल्लाका सबै पालिका इन्चार्ज र सह इन्चार्ज तोकेको छ । त्यस्तै निर्वाचन क्षेत्र संयोजक, सह संयोजक र सचिव पनि तोकेको छ । केही दिन अघि बसेको पाँचौ जिल्ला कमिटि बैठकले पालिका र निर्वाचन क्षेत्रको नेतृत्व तोकेको हो । 

निर्वाचन क्षेत्र ‘क’ को संयोजकमा व्युझना पुन, सह संयोजकमा केदार गौतमलाई तोकिएको छ । निर्वाचन क्षेत्र ‘ख’ मा मिश्रीलाल पुन संयोकज, डण्डी कार्की सह संयोजक र मोतिराम बिक सचिव रहनुभएको छ । मुसीकोट नगरपालिकाको इन्चार्जमा कर्णबहादुर ओली र सह इन्चार्जमा धनबहादुर बिक तोकिनुभएको छ । 

चौरजहारी नगरपालिकाको इन्चार्जमा गणेश अधिकारी र सह इन्चार्जमा धर्मप्रसाद आचार्य, आठबीसकोट नगरपालिकाको इन्चार्जमा पदमबहादुर खड्का र सह इन्चार्जमा बलबहादुर बोहरा, बाँफिकोट गाउँपालिकाको इन्चार्जमा गणेश केसी र सह इन्चार्जमा नबिन खत्री तथा सानीभेरी गाउँपालिकाको इन्चार्जमा प्रकाश खड्का र सह इन्चार्जमा दक्ष ओलीलाई पार्टीले जिम्मा दिएको छ । 

त्यस्तै एमालेले त्रिवेणी गाउँपाउँपालिकाको हरिबहादुर खड्कालाई इन्चार्ज र पदम पुनलाई सह इन्चार्ज तोकेको छ । पार्टीका जिल्ला अध्यक्ष नन्दराम देवकोटाको अध्यक्षतामा बसेको बैठकले निर्वाचन क्षेत्र र पालिका इन्चार्ज, सह इन्चार्जको जिम्मेवारी तोकेको प्रचार विभाग प्रमुख तथा मुसीकोट नगर इन्चार्ज कर्णबहादुर ओलीले जानकारी दिनुभयो ।
 

प्रकाशित मिति: शुक्रबार, साउन २७, २०७९  १७:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update