
कर्मचारी मिलन केन्द्र रुकुम पश्चिमले आयोजना गरेको कर्मचारीहरु विचको पुरुष ब्याडमिन्टन ध्रुवविक्रम थापा र लोकेन्द्रसिंह राठौरको जोडीले जितेको छ । शनिबार मुसीकोट खलंगास्थित बराहटाकुरा कवर्डहलमा भएको फाइनलमा यामबहादुर केसी र गम्भिर पुनको जोडीलाई २–० को सोझो सेटमा पराजित गर्दै ध्रुव र लोकेन्द्रको जोडी प्रथम भएको हो ।
प्रथम भएको जोडीले नगद १५ हजार, कप, मेडल र प्रमाणपत्र तथा दोस्रो बनेको याम र गम्भिरको जोडीले नगद १० हजार कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै भागिराम भण्डारी र जीवन पुन तथा जनक खड्का र विवेक बुढाथोकीको जोडीले सेमिफाइनलसम्म पुग्दै ५÷५ हजार नगद, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । निजामती कर्मचारी दिवसको अवसरमा प्रतियोगिता आयोजना गरिएको कर्मचारी मिलन केन्द्रका अध्यक्ष ताराप्रसाद पुनमगरले जानकारी दिनुभयो । प्रतियोगितामा ३२ जोडीले प्रतिस्पर्धा गरेका थिए ।