
निजामती सेवा दिवसको अवसरमा रुकुम पश्चिममा व्याडमिन्टन र हाजिरजवाफ प्रतियोगिता हुने भएको छ । निमित्त प्रमुख जिल्ला अधिकारी प्रमेश बडुवालको संयोजकत्वमा रहेकाे निजामती सेवा दिवस मुल समारोह समितिकाे बैठकले दिवसको अवसरमा ब्याडमिन्टन र हाजिरजवाफ प्रतियोगिता संचालन गर्ने निर्णय गरेकाे हाे।
हिजो बसेको बैठकले “व्यवसायिक र सिर्जनशिल प्रशासन, विकास समृद्धि र सुशासन भन्ने मुल नाराका साथ भोलीबाट ब्याडमिन्टन र हाजिरजवाफ प्रतियोगिता गरी दिवस मनाउने निर्णय गरेको हो । ब्याडमिन्टन भोलीबाट मुसिकोट १ खलंगाको बराहटाकुरा कवर्डहलमा सुरु हुने छ ।
प्रतियोगिता निजामती कर्मचारीका विचमा हुने छ भने महिला पुरुष दुवै तर्फ प्रतिस्पर्धा हुने मुल समारोह समितिका संयोजक तथा निमित्त प्रमुख जिल्ला अधिकारी बढुवाले जानकारी दिनुभयो । उहाँका अनुसार अन्तर निजामती कर्मचारी हाजिरजवाफ प्रतियोगिता २२ गते जिल्ला प्रशासन कार्यालयमा सञ्चालन हुने छ ।
ब्याडमिन्टनका लागि दर्ता समय मंगलबार साँझसम्म र हाजिरजवाफका लागि २२ गते विहान ११ बजेसम्मको सयय तोकिएको छ । प्रतियोगिताको पुरस्कार राशिका बारेमा भने निर्णय हुन बाँकी छ । जिल्ला प्रशासन कार्यालयको समन्वय र सहयोगमा कर्मचारी मिलन केन्द्रले कार्यक्रम आयोजना गरेको हो ।