नेकपा माओवादी केन्द्रको ३ महिने अभियान अन्तर्गत रुकुम पूर्वको सिस्ने गाउँपालिकाको दुर्गम क्षेत्र मानिने वडा नम्बर १ सल्लिबिसौना र रतुवामारेका जनताहरुलाई भेटघाट गरिएको छ । घरघरमा माओवादी, जनजनमा माओवादी भन्ने मुल नाराका साथ जनतासंग माओवादीः विशेष रुपान्तरण अभियान अन्तर्गत शनिबार सल्लिबिसौना र रगुवामारे टोलका जनताहरुलाई नेकपा माओवादी केन्द्रका नेताहरुले भेटघाट गरेका हुन् ।
नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा वाइसीयल नेपालका अध्यक्ष सुवोधराज शिर्पालीको नेतृत्वमा खटिएको अभियान टोलीले आज सिस्ने १ को प्रवेशद्वार देखि नै जनताहरुलाई भेटघाट गर्दै गएको माओवादी केन्द्रका सिस्ने गाउँसमिति अध्यक्ष मन्सराम खड्का (भिक्टर) ले जानकारी दिनुभयो ।
अभियान टोली २२ गते शुक्रबार प्वाङबाट वडा कमिटीको कार्यक्रम सकेर सिस्ने तर्फ गएको थियो । अभियानकै क्रममा प्रत्यक्ष जनताको नेतृत्व रहने गरि पार्टीको टोल समिति गठन र जनवर्गिय संगठन समेत निर्माण गरिएको छ । किसानहरुको जनवर्गिय संगठन अखिल नेपाल किसान महासंघ सल्लिबिसौनाको टोल समिति गठन गरिएको छ ।
स्थानीय बलबहादुर बुढाको संयोजकत्वमा ११ सदस्यीय समिति बनाइएको हो । यसैक्रममा महिलाहरुको संगठन अखिल नेपाल महिला संघ क्रान्तिकारीको टोल समिति समेत गठन गरिएको छ । स्थानीय नजरा बुढाको संयोजकत्वमा ९ सदस्यीय महिला संगठन गठन गरिएको हो ।
सल्लिबिसौनादेखि जनभेटघाट गर्दै गएको अभियान टोलीले जनताका गुनासो, सल्लाह सुझाव र पार्टी नेतृत्वको सरकारले गरेका गतिविधिहरुको बारेमा जानकारी गराइरहेको छ । भङ्ग र भट्टेचौरका स्थानीयहरु बर्षायाममा रतुवामारेमा आंशिक रुपमा बसाइँ सर्ने गर्छन । रतुवामारे टोलमा पनि पार्टी कमिटी गठन, अखिल नेपाल किसान महासंघ र अखिल नेपाल महिला संघ क्रान्तिकारीको टोल समिति गठन गरिएको छ ।
रतुवामारे टोलमा खर्कबहादुर बुढाको संयोजकत्वमा ९ सदस्यीय पार्टीको टोल समिति गठन गरिएको हो । यस्तै अखिल नेपाल किसान महासंघ रतुवामारे टोलमा लेखन बुढाको संयोजकत्वमा ७ सदस्यीय र अखिल नेपाल महिला संघ क्रान्तिकारीको दिलमाया बुढाको संयोजकत्वमा ७ सदस्यीय समिति निर्माण गरिएको नेकपा माओवादी केन्द्रको अभियान टोलीले जानकारी गराएको छ ।
अभियान टिममा पार्टीका जिल्ला सदस्य जीवन केसी, वाइसीयल नेपालका जिल्ला इन्चार्ज मनबहादुर बुढाथोकी (बिद्रोही), जिल्ला संयोजक नामेन्द्र सुनार, अखिल नेपाल ट्रेड युनियन महासंघका जिल्ला अध्यक्ष लक्ष्मण घर्ती (जानी), लगायतका नेता कार्यकर्ताको पनि सहभागिता रहेको छ । माओवादी केन्द्रको तीन महिने अभियान भदौ १६ गतेदेखि सुरु भएको हो । उक्त अभियान मंसिर १६ गतेसम्म चल्ने छ ।




-1759842583.jpg)