ब्याडमिन्टन
                                                        
                        
                
                                
                                    रूकुम सिंगलमा शिखर विजेता
                            
                            
                                                        
                                                    
                                                                        जिल्ला ब्याडमिन्टन संघ रूकुम पश्चिमले आयाेजना गरेकाे खुला ब्याडमिन्टन प्रतियोगिताकाे तेस्राे संस्करण अन्तर्गत रूकुम पश्चिम सिंगल तर्फ शिखर केसी विजेता बनेका छन् ।
आज भएकाे फाइनलमा रूकुम पश्चिम आठबिसकाेट नगरपालिकाका मुस्कान केसीलाई पराजित गर्दै रूकुम पश्चिम मुसिकाेट ५ का शिखर विजेता बनेका हुन् । उनले नगद १५ हजार, ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
उपविजेता मुस्कानले ८ हजार नगद, ट्रफि मेडल र प्रमाणपत्र पाएका छन् । सिंगल तर्फ मुसिकाेटका राेहित ओली र सानीभेरीका रामकृष्ण नकाल सान्त्वना भए । उनीहरूले समान ३/३ हजार नगद, मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् ।
प्रकाशित मिति: शनिबार, फागुन १७, २०८१  १५:०१
                                                    
                                            
                            प्रतिक्रिया दिनुहोस्
                        
                    

                                                
                                                
                                                
                    
                    
                    
                    
                    

-1759842583.jpg)