
सल्यानको वनगाड कुपिन्डे नगरपालिका १ सल्लीबजारमा आयोजित प्रथम वनगाड कप २०८२ को खुला पुरुष भलिबल प्रतियोगिताको उपाधी रुकुम भलिबल टिमले जितेको छ । फाइनलमा आयोजकलाई ३-० को सोझो सेटमा पराजित गर्दै रुकुम भलिबल टिम प्रथम भएको हो । उसले नगद १ लाख १ हजार पुरस्कार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजकले जनाएको छ ।
त्यसै दोस्रो स्थान प्राप्त गरेको आयोजकले नगद ६० हजार १ सय ११ रुपैयाँ पुरस्कार सहित कप, मेडल प्रमाणपत्र प्राप्त गर्दा तेस्रो स्थान प्राप्त गरेको आशिर्वाद फुड कर्नरले नगद ३० हजार १ सय ११ रुपैयाँ पुरस्कार सहित कप र मेडल प्रमाणपत्रमा चित्त बुझाएको छ ।
प्रतियोगिता यहि जेठ २६ गतेदेखी सुरु भएको थियो । प्रतियोगिता वनगाड कप भलिबल प्रतियोगिता समिती र रिभर टाउन स्पोर्ट्स क्लबले संयुक्त रूपमा आयोजना गरेका हुन । आयोजकले उत्कृष्ट खेलाडी समेत पुरस्कृत गरेको जनाएको छ ।