Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिममा श्रम तथा उत्पादनमा वाइसीयल अभियान सुरु

रुकुम पश्चिममा नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन योङ्ग कम्युनिस्ट लिग वाइसीयलको अभियान सुरु भएको छ । वाइसीयलका केन्द्रीय उपाध्यक्ष शैलेशकुमार शर्माले चौरजहारी नगरपालिकाबाट श्रम तथा उत्पादनमा वाइसीय अभियान उद्घाटन गर्नुभएको हो । 

वाइसीयल चौरजहारी नगर कमिटीको आयोजनामा वडा नम्बर ३ को चौरजहारी–खोलागाउँ सडक खण्ड अन्तर्गत विजयश्वरीसम्म सडकको नाली सफा तथा सडक आसपासमा रहेका झारपात तथा झाडी हटाउँदै अभियानको सुरुवात गरिएको वाइसीयल रुकुम पश्चिमका अध्यक्ष एलबि कटुवालले जानकारी दिनुभयो । 

यो अभियान जिल्लाका सबै पालिकामा सञ्चालन हुने उहाँले बताउनुभयो । भोली आठबिसकोटमा अभियान सञ्चालन हुने छ । वाइसीयललाई श्रम र उत्पादनमा जोड्नका लागि केन्द्रीय कमिटीको परिपत्र अनुसार जिल्लामा अभियानको शुभारम्भ गरिएको अध्यक्ष कटुवालले बताउनुभयो । यो अभियान २ महिनासम्म सञ्चालन हुने उहाँको भनाई छ । 

YCL-(1)-1755604983.jpgउहाँका अनुसार अभियान उद्घाटन लगत्तै वाइसीयल चौरजहारी नगर कमिटीको बैठक बसी महत्त्वपूर्ण निर्णय समेत भएको छ । अभियान शुभारम्भ कार्यक्रम तथा बैठकमा केन्द्रीय उपाध्यक्ष शर्मा सहित सङ्गठनका जिल्ला इन्चार्ज गोविन्द ओली, नेकपा माओवादी केन्द्रका चौरजहारी नगर कमिटी अध्यक्ष मोतीप्रसाद पोखरेल, उपाध्यक्ष कामना, सङ्गठनका जिल्ला कमिटी सदस्यहरू, जिल्ला पदाधिकारीहरू लगायतको उपस्थिति रहेको थियो ।

प्रकाशित मिति: मंगलबार, भदौ ३, २०८२  १७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update