Kakhara सबैको खबर सम्पूर्ण खबर
वाइसीयलकाे श्रम तथा उत्पादन अभियान: बाँफिकाेटमा सडक सफाइ

नेकपा माओवादी केन्द्रको सहायक सङ्गठन योङ्ग कम्युनिस्ट लिग वाइसीयल नेपाल बाँफिकोट गाउँपालिका रुकुम पश्चिमले सडक मर्मत तथा सरसफाइ गरेको छ । श्रम तथा उत्पादनमा वाइसीयल अभियान अन्तर्गत शनिवार बाँफिकोट गाउँपालिकाको केन्द्र देखि नेटा पोखरा बजारसम्मको दुई सय मिटर सडकको मर्मत तथा सरसफाइ गरेको हो । 

वर्षातको समयमा सडकमा  खाल्डाखुल्डी परेका थिए । जसका कारण सवारीका साधन आवतजावतमा समस्या भइरहेको थियो । उक्त समस्यालाई मध्यनजर गर्दै वाइसीयल नेपाल बाँफिकोटको आयोजनामा सडक मर्मत गरिएको हो । यो सँगै वाइसीयल नेपाल बाँफिकोटले गाउँपालिकामा अभियानको सुरुवात गरेको छ ।

केन्द्रीय सर्कुलर अनुसार बाँफिकोटमा शनिवार अभियानको सुरुवात गरिएको वाइसीयल नेपाल बाँफिकोटका अध्यक्ष राजेन्द्र पुरीले जानकारी दिनुभयो । सडक मर्मत पछि सङ्गठनको पालिका बैठक समेत बसेको थियो । 

वाइसीयल नेपाल बाँफिकोटका अध्यक्ष पुरीको अध्यक्षतामा भएकाे बैठकमा नेकपा माओवादी केन्द्रका प्रदेश सचिवालय सदस्य चन्द्रबहादुर शाही, प्रदेश कमिटी सदस्य चन्द्रबहादुर केसी, प्रदेश कमिटी सदस्य गोरख कुसारी, वैकल्पिक प्रदेश सदस्य बेगम देवकोटा, गाउँपालिका पार्टी अध्यक्ष दक्ष पुन, पार्टी सचिब तुल देबकोटा लगायतको उपस्थिति रहेको बैठकको सञ्चालन कमल विकले गर्नुभएको थियो । 
 
रुकुम पश्चिमा मङ्गलवार देखि श्रम तथा उत्पादन वाइसीयल अभियानको शुभारम्भ भएको थियो ।  यो अभियान जिल्लाका सबै पालिकामा सञ्चालन हुने वाइसीयल नेपाल रुकुम पश्चिमले जानकारी दिएको  छ ।  

छ वटा स्थानीय तह रहेको रुकुम पश्चिममा चौरजहारी नगरपालिका, मुसिकोट र आठबिसकोट नगरपालिका तथा त्रिवेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकामा अभियानको सुरुवात भइसकेको छ भने सानीभेरी गाउँपालिका अभियान सुरु हुन बाँकी रहेको छ ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  ०८:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update