Kakhara सबैको खबर सम्पूर्ण खबर
सानीभेरी गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड भोली देखि 
फाइल फाेटाे ।

रुकुम पश्चिमको सानीभेरी गाउँपालिका स्तरीय सातौँ राष्ट्रपति रनिङ शिल्ड भोली देखि हुने भएको छ । वडा नम्बर ३ को बेलटापु खेल मैदानमा भोलीबाट सुरु हुने शिल्ड कार्तिक २५ गतेसम्म सञ्चालन हुने छ । 

गाउँपालिका स्तरीय राष्ट्रपति रनिङ शिल्ड व्यवस्थापन तथा निर्देशक समितिको कार्तिक २० गतेको निर्णय अनुसार भोली देखि शिल्ड सञ्चालन हुन लागेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दीपक बुढाथोकीले जानकारी दिनुभयो । 

शिल्डमा पालिकाभरिका माध्यमिक विद्यालयहरूको सहभागिता रहने छ । शिल्डमा दौड, उफ्रने र फ्याँक्ने, भलिबल, तेक्वान्दो र एकल पुम्सेमा प्रतिस्पर्धा हुने छ । छात्र, छात्रा भलिबल, छात्र, छात्रा  १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार दौड मिटर तथा विभिन्न दुरीको रिले दौडमा विद्यार्थीहरूले प्रतिस्पर्धा गर्ने छन् । 

त्यस्तै छात्र, छात्रा हाइजम्प, लङजम्प, त्रिपलजम्प, ज्याभलिङ थ्रो, सटफुट, तेक्वान्दो र एकल पुम्सेमा पनि प्रतिस्पर्धा गर्ने छन् । यो शैक्षिक सत्रमा राष्ट्रपति रनिङ शिल्ड आयोजना गर्ने सानीभेरी जिल्लाको पहिलो स्थानीय तह बनेको छ । अन्य पाँच पालिकाले भने शिल्ड आयोजना गरिसकेका छैनन् ।

प्रकाशित मिति: शनिबार, कात्तिक २२, २०८२  १६:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update