Kakhara सबैको खबर सम्पूर्ण खबर
पाँचौँ सिस्ने रोड रेस माघ ४ गते हुने 

रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा सञ्चालन हुँदै आएको राष्ट्रिय स्तरको सिस्ने रोड रेस प्रतियोगिताको पाँचौँ संस्करण आगामी माघ ४ गते हुने भएको छ । सिस्ने तेक्वान्दो डोजाङ आठबिसकोटको आयोजना र सिस्ने ट्रेल रेस समिति रुकुम पश्चिमको सह आयोजनामा पाँचौँ संस्करण हुने भएको छ । 

प्रतियोगितामा पुरुष खुला, स्थानीय पुरुष र स्थानीय महिला गरी ३ वटा इभेन्टमा प्रतिस्पर्धा हुने आयोजक समितिका अध्यक्ष नरेश पुन मगरले जानकारी दिनुभयो । उहाँका अनुसार खुला पुरुष तर्फको प्रथमले ४० हजार, द्वितीयले २८ हजार, तृतीयले १८ हजार र सान्त्वनाले १० हजार सहित मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।

त्यस्तै पाँचौँ देखि ८ औँ सम्मका धावकहरूलाई जनही ३ हजार पुरस्कार दिइने अध्यक्ष पुनले बताउनुभयो । स्थानीय पुरुष तर्फ प्रथमले १० हजार, द्वितीयले ६ हजार, तृतीयले ४ हजार, सान्त्वनाले २ हजार ५ सय, पाँचौँले १ हजार ५ सय र छैटौँले १ हजार पुरस्कार पाउने छन् । 

स्थानीय महिला तर्फ प्रथम, द्वितीय र तृतीयले क्रमशः ७ हजार, ४ हजार ५ सय र ३ हजार तथा सान्त्वनाले २ हजार, पाँचौँले १ हजार ५ सय र छैटौँले १ हजार पुरस्कार पाउने पुनको भनाई छ । पुरुष खुलाको दुरी २१ किलोमिटर, पुरुष स्थानीयको १० किलोमिटर र महिला स्थानीय दौडको दुरी ५ किलोमिटर रहेको बताइएको छ ।

प्रकाशित मिति: बुधबार, पुस ९, २०८२  १७:२३
प्रतिक्रिया दिनुहोस्
Weather Update