नेपाल भलिबल सङ्घको आयोजनामा काठमाडौँमा जारी नवौँ संस्करणको एनभिए कप महिला तथा पुरुष भलिबलमा रुकुम पश्चिम पुरूष तर्फ क्वाटर फाइनल प्रवेश गरेकाे छ । लगातार दाेस्राे जित सहित रूकुम पश्चिम क्वाटर फाइनल पुगेकाे हाे ।
राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हल त्रिपुरेश्वरमा आज भएको आफ्नो दाेस्राे खेलमा जावलाखेल भलिबल क्लबलाई ३–१ को सेटमा पराजित गर्दै रुकुम पश्चिम क्वाटर फाइनल प्रवेश गरेकाे छ ।
तीन जना पाकिस्तानी खेलाडी सम्मिलित रुकुम पश्चिमले पहिलो सेट २५–१९ र दोस्रो सेट २५–१८ ले जितेको रुकुम पश्चिमले तेस्रो सेट भने २२-२५ ले गुमाएकाे थियाे । चाैथाे सेट रूकुम पश्चिमले २५-१९ ले जित्दै जित सुनिश्चित गर्याे ।
रुकुम पश्चिममा पाकिस्तानका माजर अलि खान, वालिद खान र अहमद मुस्तफा खान तथा रुकुम पश्चिम सहित विभिन्न ठाउँका खेलाडीहरू रहेका छन् ।





-1759842583.jpg)