नेपाल भलिबल संघकाे आयोजनामा काठमाडौँमा जारी नवौँ एनभिए कप भलिबल अन्तर्गत पुरुष तर्फ सेमिफाइनल समीकरण पूरा भएको छ । हिजो क्वाटरफाइनलका खेल सम्पन्न भएसँगै फाइनल प्रवेशका लागि खेल्ने टिमको टुङ्गो लागेको हो ।
आज सेमिफाइनलमा नेपाल पुलिस र टिप टप हेल्प नेपाल तथा रुकुम पश्चिम भलिबल प्रशिक्षण केन्द्र र त्रिभुवन आर्मी बिच प्रतिस्पर्धा हुने छ ।
पुलिसले हिजो भएको क्वाटरफाइनलमा केसी प्रदेश भलिबल संघ, हेल्प नेपालले बुढानीलकण्ठ भलिबल क्लब, रुकुम पश्चिमले नेपाल एपिएफ र त्रिभुवन आर्मीले खिल्जि युवा क्लबलाई पराजित गरेका हुन् ।
यस्तै महिला तर्फका सेमिफाइनल खेल पनि आजै हुने छन् । महिला तर्फ न्यु डायमन्डले नेपाल एपिएफ र नेपाल पुलिसले त्रिभुवन आर्मी क्लबसँग खेल्ने छ । महिला तथा पुरुष तर्फको फाइनल खेल भोली शनिवार हुने छ ।





-1759842583.jpg)
