विशाल र नवचन्द्रको जोडी प्रथम
रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ६ मग्मामा परम्परागत आला मेलाको अवसरमा आयोजित पुरुष ब्याडमिन्टनमा विशाल विष्ट र नवचन्द्र ओलीको जोडी प्रथम भएको छ । आज भएको फाइनलमा रोहित ओली र सोनाम ओलीको जोडीलाई पराजित गर्दै विशाल र नवचन्द्रको जोडी प्रथम भएको हो ।
उक्त जोडीले १२ हजार नगद पुरस्कार प्राप्त गरेको छ । उप विजेता रोहित र सोनामको जोडीले ८ हजार प्राप्त गरेको आयोजकले जनाएको छ । त्यस्तै प्रतियोगितामा विशाल घर्ती र खुबीराज शाही तथा डाइमन बिक र बिमलेन्द्र कुसारीको जोडी सान्त्वना भएको छ ।
उक्त जोडीले समान ४÷४ हजार पुरस्कार प्राप्त गरेका छन् । पुरुष ब्याडमिन्टनमा १५ जोडीले प्रतिस्पर्धा गरेका थिए ।
प्रकाशित मिति: बुधबार, माघ ७, २०८२ १७:२९
प्रतिक्रिया दिनुहोस्




-1759842583.jpg)