Kakhara सबैको खबर सम्पूर्ण खबर
मुसिकोट मेयर कप : फुटबल प्रतियोगतामा छात्रतर्फ विजश्वरी बोर्डिङ स्कुल तथा छात्रातर्फ बालकल्याण मावि भुल्खेत विजेता 

रुकुम पश्चिामको मुसिकोट नगरपालिकाले संचालन गरेको चौथौ मेयर कप अन्तर्गत फुटबल प्रतियोगतामा छात्रतर्फ विजयश्वरी सेकेन्डरी बोर्डिङ स्कुल प्रथम भएको छ । न्युमुन लाइट सेकेण्डरी बोर्डिङ स्कुललाई १४-१५ को गोल प्रहार गर्दै विजयश्वरी बोर्डिङ स्कुल प्रथम भएको हो । निधारित ७० मिनेटको अवधिमा ३/३ गोल प्रहार गरी बराबर गोल गरेकामा  पेनाल्टी सुट आउटमा १२ गोल प्रहार गरी विजयश्वरी बोर्डिङ स्कुल विजेता बन्दा न्युमुन लाइट सेकेण्डरी बोर्डिङ स्कुलले पेनाल्टी सुट आउटमा ११ गोल मात्र प्रहार गरी दोस्रो भएको हो ।

त्यस्तै मुसिकोट १ खलंगामा रहेको त्रिभुवन जनता मावि खलंगा तेस्रो  भएको छ । छात्रतर्फ मुसिकोट नगरपालिका वडा नम्बर ६ झुल्खेतमा रहेको बाल कल्याण माबी  प्रथम हुँदा वडा नम्बर १३ मा रहेको महेन्द्र मावि चौरारा दोस्रो भएको छ । त्यस्तै मुसिकोट १ खलंगामा रहेको त्रिभुवन जनता मावि खलंगा तेस्रो भएको चौथो मेयर कप प्रतियोगिता व्यवस्थापन तथा सञ्चालन उप समितिका संयोजक भक्तबहादुर खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार प्रतियोगितामा स्थान हासिल गर्ने विद्यालयलाई कप, मेडल ,  प्रामाणपत्र  र कापी समेत प्रदान गरिएको छ ।

मुसिकोट नगरपालिङका शिक्षा, युवा तथा खेलकुद शाखाको आयोजनामा भएको मेयर कप  गत आइतबारदेखि सुरु भएको थियो । मेयर कपमा विभिन्न २४ वटा विधामा प्रतिस्पर्धा भएकामा शनिबार फुलटबल प्रतियोगिता सम्पन्न भएको हो ।

प्रतियोगितामा नगरपालिकाका कुल ६५ मध्ये ४९ वटा विद्यालयको सहभागिता जनाएक थिए ।प्रतियोगितामा कक्षा १–३ तर्फ वस्तु पहिचान, हस्त लेखन र ह्याण्ड राइटिङ, कक्षा ४–५ मा गणित दौड, हाजिर जवाफ, हिज्य, हस्त लेखन र ह्याण्ड राइटिङ तथा कक्षा ६–८ तर्फ छात्र भलिबल, हाजिर जवाफ, हिज्य, गणित दौड, हस्तलेखन र ह्याण्ड राइटिङ लगायतका प्रतियोगिता भने मंगलबार नै समापन भएको उहाँको बताउनुभयो । आज एक कार्यक्रमका विच मुसिकोट १३ साधनचौरमा फुटबल प्रतियोगिता सम्पन्न गरिएको हो ।  
 

प्रकाशित मिति: शनिबार, माघ २४, २०८२  १९:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update