रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर १० नमुना बस्तीमा भलिबल र एकल नृत्य प्रतियोगिता हुने भएको छ । फागुन १ गतेदेखि ४ गतेसम्म विजय स्मृति नमुना युवा मञ्चको पहिलो वार्षिकोत्सवको अवसरमा भलिबल र एकल नृत्य प्रतियोगिता आयोजना गरिएको हो । भलिबल प्रतियोगिता शुद्ध साविक खुला वडास्तरिय आयोजना गरिएको क्लवका अध्यक्ष सरोज सुनारले जानकारी दिनुभयो ।
उहाँका अनुसार भलिबल प्रतियोगितामा प्रथम स्थान हासिल गर्ने समुहले नगद ३० हजार रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै दोस्रो स्थान प्राप्त गर्ने समुहले १५ हजार रुपैयाँ सहित कप, मेडल र प्रामणपत्र प्राप्त गर्दा तेस्रो हुने समुहले १० हजार रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने उहाँको भनाई छ । दर्ता शुल्क ३ हजार रहेको छ ।
त्यस्तै खुला एकल नृत्यमा प्रथम स्थान हासिल गर्नेले १५ सय बराबरको कापी, दोस्रो स्थान प्राप्त गर्नेले १ हजार बराबरको कापी र तेस्रो स्थान प्राप्त गर्नेले ७ सय बराबरको कामी प्राप्त गर्ने अध्यक्ष सुनारले जानकारी दिनुभयो । खेल फागुन १ गतेदेखि शहिद विजय स्मृति नमुना युवा मञ्चको खेलमैदान संचालन हुने आयोजकले जनाएको छ ।





-1759842583.jpg)