कर्णाली प्रादेशिक क्रिकेट सङ्घले प्रधानमन्त्री कप एक दिवसीय राष्ट्रिय क्रिकेटका लागि प्रदेशको टोली घोषणा गरेको छ । चैत्र ७ गतेबाट हुन लागेको पीएम कपका लागि दिवान पुनको कप्तानीमा १६ सदस्यीय टोली घोषणा गरिएको हो ।
टोलीमा दिवान सहित विकेट किपर ब्याट्सम्यान अर्जुन घर्ती, दिनेश अधिकारी, रवीन्द्रजंग शाही, विपिनप्रसाद शर्मा, विकेट किपर ब्याट्सम्यान विपिन रावल, दीपेन्द्र रावत, युनिसविक्रम सिंह, सुनिल धमला, प्रकाश जैसी र अरविन्द घर्ती रहेका छन् । त्यस्तै राजप्रसाद शाह, विपिनविक्रम शाही, लक्ष्मण बम, निश्चल रावल र अनुजकुमार चनारा पनि टोलीमा अटाएका छन् ।
टिममा रुकुम पश्चिमबाट २ जना परेका छन् । एकै घरका दाजु भाइ अर्जुन घर्ती र अरविन्द घर्ती टिममा परेका हुन् । पीएम कप एक दिवसीय क्रिकेट चैत ७ देखि बागमती प्रदेशको काठमाडौँका टियु क्रिकेट ग्राउन्ड र माथिल्लो मूल पानी क्रिकेट ग्राउन्ड तथा मधेस प्रदेशको दुई ठाउँ जनकपुर र पर्सामा हुँदै छ ।
कर्णालीले पहिलो खेल पर्सामा चैत्र ७ गते लुम्बिनीसँग खेल्ने छ । कर्णालीका सबै खेल मधेसमै रहेका छन् । पीएम कप खेल्न कर्णालीकाे टाेली आजै पर्सा प्रस्थान गर्ने छ । आज दिउँसाे २ः३० बजे टाेलीलाई बिदाई गरिने नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा कर्णाली प्रादेशिक क्रिकेट संघका सचिव श्रीधर केसीले जानकारी दिनुभयाे ।
चैत्र ७ गतेबाट हुने पीएम कप वैशाख ४ गते सकिने छ । फाइनल खेल पर्सामा हुने छ ।







-1759842583.jpg)