रुकुम पश्चिमको मुसिकोट नगरपालिका वडा नम्बर ९ होल्तारामा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम हुने भएको छ । यही चैत ११ गतेदेखि १५ गतेसम्म चैते दशैको अवसरमा विविध खेदकुद तथा सांस्कृतिक कार्यक्रम हुने भएको हो । सुनिता सिता सहिद स्मृति क्लवको आयोजनामा विविध कार्यक्रम संचालन गर्न लागिएको क्लवका अध्यक्ष प्रकाश ओलीले जानकारी दिनुभयो ।
उहाँका अनुसार चैते दशैंको अवसरमा साविक खुला शुद्ध वडा स्तरिय पुरुष भलिबल, एकल नृृत्य, घैटो फोर र बच्चाको बेलुन फुटाउने प्रतियोगिता आयोजना गरिएको छ । पुरुष भलिबलतर्फ विजेता हुने समुहले २० हजार नगदसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै उपविजेता समुहले १० हजार नगद पुरस्कारसहित कप, मेडल प्रमाणपत्र प्राप्त गर्दा सानत्वना हुने दुई समुहले समान ५/५ हजार नगद पुरस्कार सहित कप, मेडल र प्रामाणपत्र प्राप्त गर्ने अध्यक्ष ओलीले जानकारी दिनुभयो । दर्ता शुल्क २ हजार रहेको छ ।
एकल नृत्यतर्फ प्रथम हुनेले ३ पुरस्कारसहित प्रमाणपत्र, दोस्रो हुनेले २ हजार पुरस्कारसहित प्रमाणपत्र र तेस्रो हुनेले १ हजारसहित प्रमाणपत्र प्राप्त गर्ने छ । दर्ता शुल्क ३ सय रहेको छ । बच्चाको बेलुन फुटाउने प्रतियोगितातर्फ प्रथम हुनेले १५ सय पुरस्कारसहित प्रमाणपत्र, दोस्रो हुनेले १ हजार सहित प्रमाणपत्र र तेस्रो हुनेले ५ सय पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने छ। दर्ता शुल्क १ सय ५० रहेको छ ।
त्यस्तै गरी घैटो फोर प्रतियोगितातर्फ विजेता हुने व्यक्तिले १ हजार पुरस्कारसहित प्रमाणपत्र प्राप्त गर्ने आयोजक सुनिता सिता सहिद युवा क्लव मुसिकोट ९ ले जनाएको छ ।





-1759842583.jpg)