Kakhara सबैको खबर सम्पूर्ण खबर
बाँफिकोट ३ मा महिला, पुरूष भलिबल प्रतियोगिता हुने

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकामा वडा स्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ । स्यार्पू पर्यटन मिनी महोत्सव मेलाको अवसरमा बाँफिकोट गाउँपालिका वडा नम्बर ३ मा वैशाख १ देखि ५ गतेसम्म महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको हो । 

पुरुष तर्फको विजेताले नगद १ लाख १ हजार र उप विजेताले नगद ६१ हजार प्राप्त गर्ने मेला अन्तर्गत खेलकुद अध्यक्ष पोषण मल्लले जानकारी दिनुभयो । उहाँका अनुसार तृतीयले ४० हजार पुरस्कार पाउँदा दर्ता शुल्क १० हजार तोकिएको छ । 

महिला तर्फको विजेताले नगद २० हजार, उप विजेताले १२ हजार र तृतीय हुने टिमले नगद ८ हजार पुरस्कार पाउने मल्लले जानकारी गराउनुभयो । महिला तर्फ दर्ता शुल्क २ हजार तोकिएको छ ।

व्यक्तिगत तर्फ महिला पुरुष दुवैमा वेस्ट प्लेयर, वेस्ट सेटर, वेस्ट व्लकर, वेस्ट सर्भर, वेस्ट स्पाइकर, वेस्ट डिफेन्डर, इमर्जिङ प्लेयर र वेस्ट कोचलाई पुरस्कृत गरिने बताइएको छ । खेला वडा स्तरीय रहे पनि एउटा टिमले ३ जनासम्म खेलाडी वडा बाहिरको राख्न पाउने अध्यक्ष मल्लले जानकारी गराउनुभयो ।

volleyball-1775199845.jpg

प्रकाशित मिति: शुक्रबार, चैत २०, २०८२  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update