Kakhara सबैको खबर सम्पूर्ण खबर
आठौं मयूर कप: सिम्रुतुमा  एक लाख पुरस्कार राशीकाे भलिबल  प्रतियोगिता हुँदै

रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर २ सिम्रुतुमा आठौं मयूर कप संचालन हुने भएको छ । यही बैशाख १८ गतेदेखि २१ गतेसम्म वडा नम्बर २ को सिम्रुतुमा मयूर कप संचालन हुने भएको हो । मयूर कपको अवसरमा खुला वडा स्तरिय पुरुष भलिबल, खुला ब्याटमिन्टन, सटफुट र नृत्य प्रतियोगिता आयोजना गरिएको मयूर क्लवका अध्यक्ष प्रेम मल्लले जानकारी दिनुभयो ।

उहाँका अनुसार पुरुष भलिबलतर्फ प्रथम स्थान हासिल गर्ने समुहले नगद १ लाख पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । त्यस्तै दोस्रो स्थान प्राप्त गर्ने समुहले नगद ६० हजार पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्रो हुने समुहले नगद ४० हजार पुरस्कारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने अध्यक्ष मल्लले जानकारी दिनुभयो । दर्ता शुल्क ८ हजार ५ सय रहेको छ ।  

त्यस्तैगरी खुला ब्याडमिन्टन प्रतियोगितातर्फ प्रथमले ३० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र, दोस्रो हुनेले २० हजारसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्दा तेस्रोले १० हजार रुपैयाँसहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ । दर्ता शुल्क ३ हजार रहेको छ । एकल नृत्यतर्फ प्रथम हुनेले ५ हजार रुपैयाँसहित  मेडल र प्रमाणपत्र, दोस्रो हुनेले ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र र तेस्रो हुनेले  १ हजार रुपैयाँ सहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ ।

सटफुट प्रतियोगितामा विजेता हुने व्यक्तिले नगद ३ हजार रुपैयाँसहित मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजक मयूर युवा क्लबले जनाएको छ । क्लवले हरेक वर्ष  सिम्रुतुमा विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रम गर्दै आएको छ । 

प्रकाशित मिति: शुक्रबार, वैशाख ४, २०८३  १५:११
प्रतिक्रिया दिनुहोस्
Weather Update