काठमाडौँमा जारी १० औँ संस्करणको प्रधानमन्त्री कप भलिबलमा रुकुम पश्चिमले विजयी सुरुवात गरेको छ । आज भएको आफ्नो पहिलो खेलमा विभागीय टिम एपिएफलाई ३–० को सोझो सेटमा पराजित गर्दै रुकुम पश्चिमले विजयी सुरुवात गरेको हो ।
रुकुम पश्चिमले पहिलो सेट २५–१४ ले आफ्नो पक्षमा पारेको रुकुम पश्चिमले प्रतिस्पर्धात्मक दोस्रो सेटमा २५–२१ को जित निकालेको हो । तेस्रो सेटमा भने रुकुम पश्चिम सहज रुपमा २५–१५ ले विजयी भयो । रुकुम पश्चिमले पहिलो खेलमा उत्कृष्ट जित हासिल गर्दै मोमेन्टम प्राप्त गरेको छ ।
३ जना पाकिस्तानी खेलाडी सहित सन्तुलित टिमका साथ उपाधि हात पार्ने लक्ष सहित यस पटक रुकुम पश्चिम प्रतियोगितामा सहभागी बनेको छ । रुकुम पश्चिममा पाकिस्तानका अफाक खान, अदनान खान र फहद राजा सहित गण्डकी प्रदेशका कप्तान सञ्जुविक्रम शाह, मिडल ब्लकर हिमाल सुनारी लगायतका खेलाडी रहेका छन् ।
रुकुम पश्चिमले भोली दोस्रो खेल खिल्जी युवा क्लबसँग खेल्ने छ । प्रतियोगितामा विभागीय ३ टिम सहित ८ वटा टोली सहभागी छन् ।।




-1759842583.jpg)