Kakhara सबैको खबर सम्पूर्ण खबर
वाइ–वाइ यू–१९ राष्ट्रिय क्रिकेटका लागि रुकुम पश्चिमको छनोट सुरु 

वाइ–वाइ यू–१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि रुकुम पश्चिम जिल्ला छनोट सुरु भएको छ । जिल्ला क्रिकेट संघ रुकुम पश्चिमको आयोजनामा जिल्लाको सानीभेरी गाउँपालिका वडा नम्बर ३ बेलटापु खेल मैदानमा छनोट सुरु भएको हो । 

छनोटमा जिल्लाका ४० बढी खेलाडी सहभागी छन् । उक्त खेलाडीलाई ४ वटा समूहमा विभाजन गरेर छनोट भइरहेको जिल्ला क्रिकेट संघ रुकुम पश्चिमले जनाएको छ । छनोट पर्सी आइतबारसम्म सञ्चालन हुने संघको भनाई छ । 

यसबाट प्रदेश छनोट खेल्ने टिम निर्माण गरिने जिल्ला क्रिकेट संघ रुकुम पश्चिमका सदस्य बालकुमार नकालले जानकारी दिनुभयो । उहाँका अनुसार छनोटमा गरेको प्रदर्शनका आधारमा खेलाडी छनोट गरिने छ । नेपाल क्रिकेट संघ (क्यान)को सर्कुलर अनुसार जिल्ला छनोट सञ्चालन गरिएको जिल्ला क्रिकेट संघ रुकुम पश्चिमले जनाएको छ ।

प्रकाशित मिति: शुक्रबार, वैशाख ११, २०८३  १८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update