Kakhara सबैको खबर सम्पूर्ण खबर
कर्णाली प्रदेश मेयर कप फुटबल प्रतियोगिता  लागि  मुसिकाेटमा खेलाडी छनोट सुरु
फाइल फाेटाे ।

कर्णाली प्रदेश स्तरीय आयोजना हुन लागेको “कर्णाली प्रदेश मेयर कप फुटबल प्रतियोगिता २०८३” का लागि रुकुम पश्चिममा खेलाडी छनोट प्रक्रिया सुरु गरिएको छ । जिल्ला फुटबल सङ्घ तदर्थ समितिको आयोजनामा आजबाट मुसिकोट १ बराहाटाकुमा खेलाडी छनोट प्रक्रिया सुरु गरिएको हो । जिल्ला फुटबल तदर्थ समितिले जिल्लाभित्र रहेका योग्य तथा इच्छुक खेलाडीहरूलाई सूचना जारी गर्दै छनोट प्रक्रियामा सहभागी हुन आह्वान समेत  गरेको थियो ।

आजबाट सुरु भएको छनोट प्रक्रिया २६ गतेसम्म चल्ने जिल्ला फुटबल तदर्थ समितिका सदस्य विष्णु रेउलेले जानकारी दिनुभयो । कर्णाली प्रदेश स्तरीय मेयर कप प्रतियोगिता आगामी जेठ १५ गतेदेखि १९ गतेसम्म कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर, सुर्खेतमा सञ्चालन हुनेछ । प्रतियोगितामा रुकुम पश्चिम जिल्लाको तर्फबाट सहभागिता जनाउन खेलाडी छनोट गर्न लागिएको हो । छनोट प्रक्रियामा सहभागी खेलाडीहरूको शारीरिक फिटनेस, खेल कौशल तथा समग्र प्रदर्शनका आधारमा मूल्याङ्कन गरिने जिल्ला फुटबल सङ्घ तदर्थ समितिले जनाएको छ ।

इच्छुक खेलाडीहरूले आवश्यक कागजातसहित तोकिएको मिति, समय र स्थानमा उपस्थित भई नाम दर्ता गराउन  समितिले आग्रह गरेको छ ।जिल्लास्थित सम्पूर्ण क्लबहरूलाई समेत खेलाडीहरूलाई छनोट प्रक्रियामा सहभागी गराउन अनुरोध गरिएको तदर्थ समितिका सदस्य रेउलेले जानकारी दिनुभयो । 

प्रकाशित मिति: बिहीबार, वैशाख २४, २०८३  १७:११
प्रतिक्रिया दिनुहोस्
Weather Update