Kakhara सबैको खबर सम्पूर्ण खबर
रुकुम पश्चिमको १६ औँ राष्ट्रपति रनिङ शिल्ड सुरु

रुकुम पश्चिम जिल्लाको १६ औँ राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । मुसिकोट नगरपालिका वडा नम्बर ३ को धैरेनीचौर खेल मैदानमा शिल्ड सुरु भएको हो । सामाजिक विकास कार्यालयको आयोजना र मुसिकोट नगरपालिकाको समन्वयमा सुरु भएको शिल्ड आइतबारसम्म सञ्चालन हुने छ । 

शिल्डको कर्णाली प्रदेश सभा सदस्य तथा प्रदेश मामिला समितिका सभापति कल्याणी खड्काले ब्यानर पढेर तथा मसाल दौड सहित उद्घाटन गर्नुभएको हो । सामाजिक विकास कार्यालयका प्रमुख मिथलेशकुमार यादवको अध्यक्षतामा भएको कार्यक्रममा खड्काको प्रमुख र जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर विकको विशेष आतिथ्यता रहेको थियो । 

1000177433-1778849254.jpg
उद्घाटन कार्यक्रममा जिल्ला समन्वय अधिकारी मेघबहादुर सोनी, मुसिकोट नगरपालिका वडा नम्बर ३ का अध्यक्ष दशरथ केसी, अन्य जनप्रतिनिधि, सरोकारवाला कार्यालयका प्रमुख तथा प्रतिनिधि, जिल्लास्थित संघ संगठनका प्रमुख तथा प्रतिनिधि लगायतको आतिथ्यता रहेको थियो । 

सामाजिक विकास कार्यालयका प्रशासकीय अधिकृत ध्रुवकुमार बाँठाको स्वागत मन्तव्य रहेको कार्यक्रमको सञ्चालन जिल्ला खेलकुद विकास समितिका पूर्व सदस्य सन्देश विकले गर्नुभएको थियो । शिल्डमा जिल्लाका ६ वटै स्थानीय तहका गरी ५ सय बढी विद्यार्थी खेलाडीहरूको सहभागिता रहेको प्रशासकीय अधिकृत बाँठाले जानकारी दिनुभयो । 

1000177429-1778849260.jpg
शिल्डमा शिल्डमा छात्र छात्रा भलिबल, कबड्डी, सट फुट, ज्याभलिङ थ्रो, त्रिपलजम्प, हाइजम्प, लङजम्प, १ सय मिटर, २ सय मिटर, ४ सय मिटर, ८ सय मिटर, १५ सय मिटर र ३ हजार मिटर दौड तथा विभिन्न दुरीको रिले दौड र मार्सलआर्ट तर्फ तेक्वान्दो र करातेका विभिन्न विधामा विद्यार्थीले प्रतिस्पर्धा गर्ने छन् ।

1000177431-1778849258.jpg
शिल्डबाट प्रत्येक विद्यामा खेलाडी छनोट गरिने छ । छनोट भएका विद्यार्थी खेलाडीहरूले कर्णाली प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा भाग लिने छन् । जिल्लामा गत वर्ष भने शिल्ड सञ्चालन भएको थिएन ।

1000177407-1778849091.jpg

1000177392-1778849090.jpg

1000177413-1778849086.jpg

1000177430-1778849257.jpg

प्रकाशित मिति: शुक्रबार, जेठ १, २०८३  १८:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update