राष्ट्रिय राष्ट्रपति रनिङ शिल्डका लागि रुकुम पश्चिमका १६ जना खेलाडी छनोट भएका छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा भएको प्रदेश राष्ट्रपति रनिङ शिल्डमा उत्कृष्ट प्रदर्शन गर्ने विभिन्न विधाका १६ जना खेलाडी राष्ट्रिय प्रतियोगिताका लागि छनोट भएका हुन् ।
छनोट हुनेमा सबैभन्दा बढी भलिबलका पुष्प खनाल, रब्शन महर, जय परियार, हरिमाया ओली, धनमाया नाथ, कल्पना केसी रहेको प्रशासकीय अधिकृत ध्रुवकुमार बाँठाले जानकारी गराउनुभयो ।
त्यस्तै अन्यमा कबड्डीका वसन्त केसी, दीपा घर्तीमगर, कविता वोहरा, तेक्वान्दोका लालबहादुर परियार, दीपक बुढा, करातेका गणेश केसी, सट फुटका अनन्त विक, हाइजम्पका अंगिता विक, धनराज केसी र ज्याभलिङ थ्रोका सुशान्त नेपाली रहेको उहाँले बताउनुभयो । उनीहरूलाई सामाजिक विकास कार्यालयले सुर्खेतमै एक कार्यक्रम गरी सम्मान समेत गरेको छ ।
शिल्डमा ६ स्वर्ण, ७ रजत र १५ कांस्य गरी रुकुम पश्चिम तेस्रो बनेको छ ।
यो पनि पढ्नुहोस








-1759842583.jpg)